अकुत सम्पत्ति आर्जनमा सडकका तत्कालीन सिडिई चौधरीलाई जरिबानासहित कैद

काठमाडौँ : अकुत सम्पत्ति कमाएको अभियोगमा सडक डिभिजन कार्यालय मोरङका तत्कालीन डिभिजन प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरी दोषी ठहर भएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोग पत्रमाथि सुनुवाई गर्दै विशेष अदालतका न्यायधीशत्रय टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गरी ६ महिनाको कैद सजाय सुनाएको छ। चौधरीबाट २ करोड ४४ लाख ९३ हजार ७६५ रुपैयाँ जरिबाना असुल गर्न समेत आदेश दिएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबर नेटवर्कलाई जान

सम्बन्धित सामग्री

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय - NepaliPatra

काठमाडौँ । अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रीतेन्द्र थापाको इजलासले इन्जिनियर भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । सो मुद्दामा बिहीबार ज. का लागि पुनः सुनुवाइ तोकिएको थियो । […]

लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको सजाय निर्धारण भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय निर्धारण गरेको हो । […]

पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी जरिवाना

सुनीलमाथि सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहरसहित २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित अकुत सम्पत्ति कमाएको कसुरको मुद्दा विचाराधीन छ ।

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

मुद्दा दायर भएको साढे चार वर्षपछि नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको कसुरमा विशेष अदालतले खड्कालाई १५ महिना कैद, ९ करोड १९ लाख ६ हजार ३ सय ६४ रुपैयाँ जरिवाना र त्यति नै बिगो भराउने फैसला गरेको हो ।

गोपालबहादुर खड्कालाई १८ करोडभन्दा बढी बिगो र जरिवाना, १५ महिना कैद सजाय

काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएकाक छन् ।  विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गर्दै १८ करोडभन्दा बढी बिगो र जरिवाना तथा १५ महिना कैद सजायको फैसला सुनाएको हो । न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार खड्कालाई ९ […]