नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ । करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको […] The post नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेको छ । आज परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन संवादका क्रममा चीनबाट सो घोषणा भएको हो । करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले २० लाख खोप नेपाललाई अनुदनमा दिने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । …

नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ । करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमासमेत कुराकानी भएको मन्त्रालयले जनाएको छ । साथै दुई विदेशमन्त्रबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ । सो क्रममा विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तोसमेत दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाई थप २० लाख डोज खोप दिने चीनको घोषणा

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो । फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ । सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ