नेपाललाई थप २० लाख डोज खोप दिने चीनको घोषणा

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो । फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ । सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ