नेपाली चलचित्र विश्व बजारमा जाने ? अहिले सोच्दै नसोचे हुन्छ !

काठमाडौं । नेपाली चलचित्रको विदेशी बजार खोज्न तत्काल सहज नरहेको चलचित्रकर्मीहरुले बताएका छन् । कसैले चाहेकै र रहर गरेकै भरमा विदेशी बजारमा नेपाली चलचित्र सहजै नपुग्ने चलचित्रकर्मी बताउँछन् । अहिले नै यो महत्वाकांक्षा पाले अन्ततः निराशा हातपर्ने उनीहरुको भनाइ छ । निर्देशक प्रदीप भट्टराई कोट–पाइन्ट लगाएर प्लेनको टिकट काटेर विदेशमा चलचित्र...

सम्बन्धित सामग्री

जम्न थाले नेपाली चलचित्र

कुनै समय दर्शक खोज्न धौ धौ पर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र अहिले सुनौलो समयमा फर्किएको छ ।

नेपाली चलचित्र प्रचारमा डिजिटल क्रान्ति ल्याउने रोयल भीमसेन

काठमाडौं। चलचित्रमा पोस्टर डिजाइन एउटा महत्वपूर्ण पक्ष हो। यसैलाई महत्व दिएका भीमसेन शाही अर्थात् रोयल भीमसेनले भारतमा सीप सिकेर अहिले नेपालमै चलचित्रको पोस्टर डिजाइनदेखि प्रचारप्रसारको लागि समेत काम गर्ने उदेश्यले ट्राइडेन्ट कन्सेप्ट नामको कम्पनी चलाएका छन्। भारतीय अभिनेता शाहरुख खानको रेड चिल्लीज कम्पनीले समेत रोजगारको लागि बोलाउदा नगएर नेपालमै काम गरेको उनी बताउँछन्।

बलिउड र हलिउड सिनेमाले ओगट्ने मुम्बईका प्रचार बोर्डमा ‘प्रेम गीत ३’को पोष्टर

काठमाडौँ – नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन्। बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन्। नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेको प्रेम गीत ३ का निर्देशक सन्तोष सेनको दाबी छ। उनी अब भारतका […]

बिहेको प्रश्नमा निरुताको स्थायी जवाफ

४ फागुन, काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कुनै समय एकछत्र राज गरेकी अभिनेत्री निरुता सिंह अहिले पनि सक्रिय छिन् । भलै, आजको दिनमा उनको क्रेज पहिलेको जस्तो छैन । तर पनि उनीसँग काम गर्न निर्माता-निर्देशकको उत्साह अझै पनि उस्तै छ । निरुताले आठ वर्षपछि चलचित्र ‘नाइँ नभन्नु ल ५’बाट ठूलो पर्दामा कमब्याक गरिन् । तर […]

के नेपाली चलचित्र क्षेत्र सानो छ ?

काठमाडौं । डेढ वर्षदेखि नेपाली चलचित्र ठप्प प्रायः छ । १९३ वटा सिनेमा हल भएको चलचित्र क्षेत्र डेढ वर्ष करिब ठप्प भयो । भलै अहिले काठमाडौंलगायत केही सहरका हलमा हलिउड चलचित्र चल्न सुरु भएका छन् । तर, नेपाली चलचित्र अझै रिलिज भएका छैनन् भने पनि हुने अवस्था छ । यो...

के नेपाली चलचित्र क्षेत्र सानो छ ?

काठमाडौं । डेढ वर्षदेखि नेपाली चलचित्र ठप्प प्रायः छ । १९३ वटा सिनेमा हल भएको चलचित्र क्षेत्र डेढ वर्ष करिब ठप्प भयो । भलै अहिले काठमाडौंलगायत केही सहरका हलमा हलिउड चलचित्र चल्न सुरु भएका छन् । तर, नेपाली चलचित्र अझै रिलिज भएका छैनन् भने पनि हुने अवस्था छ । यो...

महानायक विवादको शल्यक्रिया

अहिले नेपाली चलचित्र जगत कोरोना महामारीका बीच पनि तातेको छ । कुनै नयाँ चलचित्रले अपार सफलता प्राप्त गरेको, चलचित्र निर्माण र प्रदर्शनमा अस्वस्थ प्रतिस्पर्धा भएको वा चलचित्र इतिहासमा कुनै चलचित्र वा चलचित्रको पात्रले कुनै इतिहास रचेका कारण चलचित्र बजार तातेको चाहिं होइन । फुर्सदिला उत्पादक, बेरोजगार कलाकारका बीच यसरी चलचित्र जगत तातेको नेपाली चलचित्र क्षेत्रको […]

कोभिड–१९ ले थला परेको नेपाली चलचित्र

अहिलेको समय हाम्रो देशको दुर्भाग्य नै भौगोलिक वातावरण, दैवीप्रकोप, रोगको महामारी आदि हुन् । यही कारणले चलचित्र क्षेत्र थला परेको छ । तीन दशकदेखि अहिलेसम्मको नेपाली चलचित्र हेर्दा सय पचास ओटा नेपाली चलचित्र हिन्दी चलचित्रभन्दा राम्रो र रमाइला छन् । कमजोर पटकथा, एक टेकमा लामो दृश्य, दुखियारी दृश्य, धेरै द्वन्द्व, धेरै गाउँको दृश्य तथा शिक्षाप्रद कुराहरू कम हुँदा युवा पुस्ताले नेपाली चलचित्र मन कम मन पराएको छ । लगानीकर्ताहरूको चलचित्र बनाउने शैली आफ्नो मर्जी हो । चलचित्रमा उसले रकम खर्चेको हुन्छ तर अरूको रायसुझाव लिएर चलचित्र बनाउँदा चलचित्र झन् राम्रो हुन सक्छ । यसमा लगानीकर्ताहरूले अन्यथा सम्झनु हुँदैन । लगानी डुब्नुभन्दा अरूको सुझाव सुनेर राम्रो चलचित्र बनाउनु बढी राम्रो हो । माथिका कुरा त छँदै छ । यसबाहेक चलचित्रको पटकथाको छनोट नै राम्रो हुनुपर्छ । यसका लागि चलचित्र लगानीकर्ताले सधैं आफूले पटकथा नलेखी विज्ञापनमार्फत पटकथाको छनोट गर्नुपर्छ । यसो गर्नाले चलचित्रमा नयाँ स्वाद हुन्छ । नेपाली चलचित्रको कुरा गर्दा चलचित्रलाई यदि सफल बनाउने हो भने चलचित्रका लागि राम्रा व्यक्तित्व भएका नायकनायिका हुनु जरुरी छ । चलचित्र बनाउनेहरूले यी पक्षहरूलाई बेवास्ता गरेको पाइन्छ । यसले गर्दा नेपाली सिनेमा क्षेत्र अझै व्यावसायिक बन्न सकेको छैन । रहरमा लगानी गर्ने र पैसा डुबेपछि यस क्षेत्रमा कहिल्यै लागनी नगर्ने लगानीकर्ता थुप्रै छन् । अहिलेको परिप्रेक्ष्यमा लगानीकर्ताहरूले कम बजेटमा चलचित्र बनाइरहेका छन् । कम बजेटको चलचित्रमा पटकथा आदि राम्रो हुनुपर्छ । सामाजिक टेलिसिरियलहरूको विकास हुनु पनि टेलिभिजन च्यानलहरूको उत्थान हुनुको साथै रोजगारको हिसाबले पनि राम्रो हुन आउँछ, तर यो क्षेत्रमा कोही अग्रसर भएको देखिँदैन । आफ्नोे लगानीअनुसार विज्ञापनबाट रकम नउठने हुँदा प्रायः चलचित्र लगानीकर्ताहरू यो क्षेत्रमा आउन चाहँदैनन् । विज्ञापनको बजार पनि निकै राम्रो छ । चलचित्र राम्रो बने विज्ञापनको बजार पनि बढ्छ । सिनेमाहरूले विज्ञापनबाट पनि कमाउने अवसर पाउन सक्छन् । त्यसैले सबै पक्ष मिलेर चलचित्र र विज्ञापन क्षेत्रको विकासमा अग्रसर हुन जरुरी छ । वास्तवमा भन्ने हो भने हाम्रो मुलुकमा सिनेमाका बजार सानो भए पनि यहाँ सयौं चलचित्र बनिसकेका छन् । यसमा काम गर्ने कलाकार र प्राविधिक तथा अन्य गरी थुप्रैले यस क्षेत्रबाट रोजगारी पाएका छन् । अहिले कोरोना भाइरसका कारण ती सबैको रोजगारी गुमेको छ । पहिलो त अहिले कुनै पनि हल खुलेका छैनन् । ती खुले पनि त्यहाँ दर्शकहरू जाने अवस्था छैन । कोरोनाको त्रास नहुँदा पनि सिनेमा हलमा जाने दर्शक घटिसकेका थिए । यस्तामा स्तरीय चलचित्र नबने लगानी खेर जाने निश्चित छ । कुमारी, जयजेपाल जस्ता हल अहिले बन्द भएका छन् । ती सदाका लागि बन्द हुने देखिन्छ । राम्रा चलचित्र बने अनलाइनबाट पनि राम्रो आम्दानी हुन सक्छ । भारतीय चलचित्रले राम्रै आम्दानी गरेको समाचार आएको छ ।             रमेशकेशरी बैद्य

कोभिड–१९ ले थला परेको नेपाली चलचित्र

रमेशकेशरी वैद्य । अहिलेको समय हाम्रो देशको दुर्भाग्य नै भौगोलिक वातावरण, दैवी प्रकोप, रोगको महामारी आदि हुन् । यही कारणले पनि नयाँ चलचित्रहरु थला परेका छन् । तैपनि तीन दशकदेखि अहिलेसम्मको नेपाली चलचित्र हेर्दा सय–पचासवटा नेपाली चलचित्र हिन्दी चलचित्रभन्दा राम्रा र रमाइला छन् । तर समयअनुसार प्रायः चलचित्रहरु अहिले हेर्दा ‘भेज फास्ट फुड’ खाएको अनुभव […]