काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई शङ्काको दृष्टिले नहेरिदिन आग्रह गर्नुभएको छ ।
आज मङ्गलवार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री खड्काले दुई पक्ष सम्बन्धलाई थप बलियाे बनाउन, आपसी सम्बन्धलाई गति प्रदान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनका लागि दुई देशको भ्रमण तथा छलफल अपरिहार्य रहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय जगतमा ...