काठमाडौँ – सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले न्यायालयमा देखिएको अड्चन र अवरोध हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग दर्ता भएको बताएको छ। आइतबार कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले न्यायालयमा देखिएको असहज अवस्थाको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको दाबी गरेका हुन्। प्रस्तावबारे पार्टीमा विस्तृत छलफल हुन बाँकी रहेको जानकारी दिँदै महतले न्यायालयभित्र देखिएको समस्या […]