जुम्ला : चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, स्थानीय प्रशासन र ओसी एमसीको सहयोगमा मानसिक स्वास्थ्य समस्या भएकी महिलाको उद्धार गरिएको छ।एक दशकदेखि मानसिक स्वास्थ्य समस्याका कारण सडकमा बस्दै आएकी तातोपानी गाउँपालिका–३ लिताकोटकी ३५ वर्षीया लाउरी रोकायालाई कर्णाली प्रदेशको मानवसेवा आश्रममा पठाइएको छ।मानसिक समस्याबाट पीडित र आफन्त नभएकाले उनको दैनिकी सडकमै बितेको थियो। चन्दननाथ नगरपालिकाको महिला शाखामा कार्यरत पुष्पा थापा र जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको पहलमा कर्णाली