४ सांसद रहेको नेकपा एसले आर्थिक मामिलाजस्तो बलियो मन्त्रालय पाएको छ । तर, ७ सांसद रहेको र हिजो सरकार बनाउन निर्णायक भूमिका खेलेको भन्दै नागरिक उन्मुक्तिका सांसद र नेता अहिले एक मन्त्रालय र एक राज्यमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दा पनि मुख्यमन्त्री शाहले त्यसलाई कार्यान्वयन नगरेको भनेर चिढिएका छन् ।