धौलागिरि हिमालमा घोडाको विचल्ली : ३९ दिनदेखि उद्दारको पर्खाइमा

म्याग्दी : धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने  धौलागिरि हिमालको आधार शिविरमा ३९ दिनदेखि २ वटा घोडा अलपत्र अवस्थामा छन्। हिमाल आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेका ४५ घोडाखच्चड असोज १७ गते हिउँले पुरिएर मरेका थिए। ३९ दिनदेखि आधार शिविरमा अलपत्र परेका दुई घोडाको उद्धार अहिलेसम्म हुन सकेको छैन। भोकभोकै परेपछि आहाराको खोजीमा आसपासका क्षेत्रमा जाने, मरेका घोडा खच्चडलाई नै खाने गरेको त्यहाँ पुगेर फर्किएका पर्यटन व्यसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। ‘खान नपाएर

सम्बन्धित सामग्री

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

चैत २१, म्याग्दी । चारैतिर घना गुराँसको जंगलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनाएको घोडेपानी टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताए । ‘घोडेपानी लालीगुराँसले ढकमक्क भइसकेको छ’, उनले भने, ‘हामी पर्यटकको पर्खाइमा छौँ, पर्यटकलाई स्वागत गर्न आतुर छौँ ।’  जाडो हटेर वनजंगलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् । पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहेका गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘वनैभरि राताम्मे फुलेका गुराँसका रङले घोडेपानी क्षेत्रको जंगल निकै मनमोहक र आकर्षक बनेको छ’, उनले भने, ‘गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।’  बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । घोडेपानी पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमराज गौलीका अनुसार दैनिक ६०/७० विदेशी र १०० जति नेपाली पर्यटक भ्रमणमा आएका छन् ।  घोडेपानी–पुनहिल घुम्न आउने विदेशी पर्यटकको तथ्यांक हामीले राख्ने गरेका छौँ’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि २०७६ चैतदेखि रोकिएको पर्यटकको उपस्थिति गत फागुनदेखि हुन थालेको छ ।’  काठमाडौंबाट आठ जनाको समूहमा घोडेपानी घुम्न आएकी अक्षता भट्टराईले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रङ्गिएको जंगलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताए । गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी पुनम खरेलले अनुभव सुनाए ।  फागुन महीनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘घोडेपानीमा रहेका २७ होटललाई सुविधा र पूर्वाधारका आधारमा दुई समूहमा वर्गीकरण गरेका छौँ, ११ होटललाई (क) र १६ लाई (ख) समूहमा वर्गीकरण गरेर फरक फरक दररेट बनाइएको हो ।’   एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रू. ९५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । यसअघि सबै होटलले प्रतिव्यक्ति एक रात बास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रू. एक हजार ५०० शुल्क लिने गरेका थिए । घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् ।  गत फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शुल्कको नयाँ दर २०७८ चैत १ गतेदेखि लागू हुने उपसिमतिका अध्यक्ष पुनले बताए ।  अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित छ । रासस

बराहतालमा धौलागिरि हिमालको प्रतिविम्ब

९ कात्तिक, बेनी, म्याग्दी । धौलागिरि हिमालको प्रतिविम्ब (फोटो) स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटस्थित बराहताल संरक्षणको पर्खाइमा छ । साविक निस्कोट गाविस— ९ मा पर्ने तथा निस्कोट गाउँको शिरानमा रहेको बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धनको पर्खाइमा रहेको हो । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ …

१६ हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ

संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ । जगन्नाथ मन्दिर दर्शन एवं पूजाआजाका लागि…