भारतीय सेना प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी छन्।चारदिने भ्रमणमा आइतबार नेपाल आएका भारतीय सेनाका प्रमुख पाण्डेलाई राष्ट्रपति भण्डारीले सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन्। नेपाल र भारतबीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन छ। केही महिनाअघि भारतीय सेना प्रमुख नियुक्त भएका पाण्डे हाल नेपाल भ्रमणम

सम्बन्धित सामग्री

भारतीय सेना प्रमुख मनोज पाण्डेलाई प्रधानसेनापति शर्माको शुभकामना

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई थल सेनाध्यक्षमा नियुक्ति भएकोमा भिडियो कन्फरेन्समार्फत बधाई तथा शुभकामना दिएका छन् ।  उनले कन्फरेन्समा नवनियुक्त सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणको लागि औपचारिक निम्तो दिँदै भने, “नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध छ । उहाँको कार्यकालमा...

भारतीय सेना प्रमुख रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने

काठमाडौं, मंसिर २३ । हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतीय सेना प्रमुख विपिन रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बुधबार टेलिफोन मार्फत रावतको निधनप्रति समवेदना प्रकट गर्नुभएको नेपाली सेनाले जनाएको छ । शुक्रबार भारतको नयाँ दिल्लीमा हुने रावतको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली सेनाका बलाधिकृत बालकृष्ण कार्की सहभागी हुने सैनिक जनसम्पर्क […]