पाकिस्तानले बढायो इन्धनको भाउ, प्रतिलिटर डिजलको मूल्य झन्डै ३०० रुपया पुग्यो

कराँची । पाकिस्तान सरकारले इन्धनको भाउ बढाएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउ घटेको तर्फ औंल्याउँदै बुधवार पेट्रोल, मट्टीतेल र डिजेलको भाउ बढाइएको हो ।  पेट्रोलको भाउ प्रति लिटर ५ रुपया बढाएर २७२ रुपयामा पुर्याइएको छ । यो भनेको नेपाली १२८ रुपैयाँ मात्रै हो । जबकी नेपालमा अहिले पेट्रोलको भाउ १७८ रुपैयाँ प्रतिलिटर रहेको छ । हाई-स्पीड डिजेल (एचएसडी)को भाउ पनि लिटरमा १३ रुपयाले बढाइएको छ । यो वृद्धिसँगै एचएसडीको भाउ प्रतिलिटर २९३ रुपयाको कीर्तिमानी उचाईमा उक्लिएको छ । यो भनेको नेपाली १३७ रुपैयाँ मात्रै हो । जवकी नेपालमा डिजेल प्रतिलिटर १७५ रुपैयाँ कायम गरिएको छ । एसचसीडीको मूल्यमा हुने हेरफेरका कारण परिवहनको लागत बढ्ने भएकोले यसले सिधैं उपभोक्ता मूल्य प्रभावित बनाउँछ । त्यस्तैगरी, मट्टीतेलमा पनि प्रतिलिटर २ रुपया ५६ पैसा मूल्य वृद्धि गरिएको छ । हलुका खालको डिजेल (एलडीओ)को मूल्य भने प्रतिलिटर १८४ रुपया ८४ पैसामा यथावत् राखिएको अर्थमन्त्रालयले बताएको छ । नयाँ मूल्य सूची बिहीवारदेखि लागू भइसकेको छ । यो मूल्य मार्च ३१ सम्म लागू हुने बताइएको छ । पाकिस्तानमा अहिले नै महँगी ५० वर्षकै उच्चस्तरमा उक्लिएको छ । सर्वसाधारणहरुलाई हातमुख जोर्न नै सकसको अवस्था छ । इन्धनको भाउमा गरिएको पछिल्लो वृद्धिले अवस्था झनै खराब बनाउनेछ । पाकिस्तानमा पेट्रोलको भाउ सरकारले तय गर्छ । यो अन्तरराष्ट्रिय बजारमा तेलको भाउ अनि डलर-रुपयाबीचको विनिमय दरका आधारमा महीना महीना दिनमा तय गरिन्छ ।  विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धि अनि डलरको तुलनामा रुपया कमजोर बन्दा हालैका वर्षमा पाकिस्तानमा पेट्रोलको भाउमा निकै उतारचढाव आएको छ । जनवरीयता पाकिस्तान सरकारले एचएसडी र पेट्रोलको भाउ क्रमशः ६५ रुपया र ६२ रुपयाले बढाइसकेको छ । पाकिस्तनमा सामान्य जीएसटी दर १७ प्रतिशत छ । अहिलेसम्म सरकारले पेट्रोल, एचएसडी, मट्टीतेल र एलडीओमा कर लगाएको छैन । तर हरेक लिटर इन्धनहरुमामा पेट्रोलियम विकास शुल्क भने उठाइरेको छ । पेट्रोल र एचएसडीमा भन्सार शुल्क पनि लगाइएको छ । यी दुईमा लगाइएको शुल्कबाट मात्रै सरकारी राजस्वमा ठूलो रकम जाने गरेको छ । एजेन्सी

सम्बन्धित सामग्री

निगमले फेरि बढायो इन्धनको मूल्य

काठमाडौँ : नेपाल आयल निगमले आज (बिहीवार) रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको छ। निगमले आज (बिहीवार) एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको जानकारी दिएको हो।निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। निगमले खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन।निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार भाउ समायोजन गरेको जनाएको छ।आईओसीले पेट्रोलम

सरकारले बढायो इन्धनको मूल्य

२३ माघ, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा […]

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको मूल्य बढेको छ ।डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो ।यो पटक पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ः ०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९  र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढायो

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।  चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छै ।मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा छ । &n

सरकारले बढायो दूधको समर्थन मूल्य, प्रतिलिटर ६.५२ रुपैयाँ बढ्यो

काठमाडौँ : सरकारले दूधको मूल्य बढाएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साविकको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको एक मन्त्रीले जानकारी दिए। सरकारले मूल्य बढाएसँगै हालको प्रतिलिटर समर्थन मूल्य ४९ रुपैयाँ ५२ पैसाबाट अब ५६ रुपैयाँ ४ पैसा पुगेको छ। उपभोक्ताको खुद्रा मूल्य भने दूग्ध विकास संस्थानले निर्धारण गर्ने ती मन्त्रीले बताए।…

कोरोनाभाइरसको महामारीबीच निगमले बढायो इन्धनको मूल्य

कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ ।  त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ ।

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । यस्तै हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १०६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धनका मूल्य प्रति किलोलिटर १०० रुपैयाँ वृद्धि गरेर ९९५ रुपैयाँ अमेरिकी डलर कायम गर्ने निर्ण...

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं : पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ।नेपाल आयल निगमले  पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो।मूल्य बढेपछि पेट्रोलको १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ कायम भएको छ। हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर २ रुपैयाँले बढाई ८२ रुपैयाँ प्रतिलिटर पुर्‍याइएको छ। अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा पनि प्रतिकिलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डाै - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले र हवाई इन्धनमा बाहृयतर्फ एक किलोलिटरमा २५ अमेरिकी डलरले मूल्य बढेको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फ आन्तरिक प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८ ...