राप्रपाका नेता बुद्धिमान तामाङले राप्रपाले कहिल्यै पनि देशघाती काम नगर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै नेता तामाङले ठूला दलले देश विकास र राष्ट्रियताको रक्षाभन्दा पनि देशको राजनीतिलाई व्यापारमा परिणत गरेको आरोप लगाउँदै राप्रपाले मात्र देश बचाउने र बनाउने बताएका हुन् ।‘ठूला पार्टीले कस्तो संस्कृतिको विकास गरेका छन् भने पैसा दिने, पदमा पुग्ने, पदमा पुगेपछि पैसा कमाउनतिर लाग्ने र फेरि त्यो पैसाले पद किन्ने गरेका छन्’, पूर्व मन्त्री समेत रहेका तामाङको भनाइ