मौसममा क्रमिक सुधार : घाम खुल्दै जाने, पानी नपर्ने
'बादल, हुस्सु अलिअलि लागेको छ, पानी पर्ने त्यस्तो केही छैन, आज भन्दा भोलि सुधार भोलि भन्दा पर्सी, दुई/चार दिन पानी पर्ने त्यस्तो केही छैन, तर जल वाष्प र बादल बहावका कारण बिहानमा हुस्सु लाग्ने छदै छ, लगातारको झरी बन्द भइसक्यो त्यो छैन,'
काठमाडौं : उपत्यकामा आज बिहानैदेखि मौसममा क्रमिक सुधार भएको छ। लगातारको वर्षाका कारण दशैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको थियो।तर, शुक्रबार बिहानदेखि भने उपत्यकामा वर्षा रोकिएको छ। बागमती प्रदेशसहित पूर्वका जिल्लाहरुमा भने क्रमिक रुपमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको संभावना कायम रहेको र लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा पनि मध्यम वर्षा जारी रहने ज
हिउँदे वर्षाका कारण देशभर नै पानी परेर जनजीवन कष्टकर बनिरहेको बेलामा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहीबारबाट मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट उपत्यकाको मौसममा क्रमिक सुधार आई घाम लाग्न सक्ने देखिएको छ ।