काठमाडौँ। कलाकार मुकन भुषाल निर्देशनमा डेब्यु गर्ने भएका छन्। ‘बुलबुल’बाट अभिनयमा डेब्यु गरेका मुकुनले ‘हेलिकोप्टर’ फिल्म निर्देशन गर्न लागेका हुन्। फिल्म निर्माणमा सुदर्शन थापा, सत्यराज चौलागाईं र बसन्त निरौलाले सहकार्य गर्नेछन्। विश्वका विभिन्न देशमा आयोजना हुने महोत्सवको कथा फिल्मले भन्ने निर्माण टिमले जनाएको छ। मुकुनले अभिनय गरेका ‘गणपति र ऐंचोपैंचो’ भदौ १४ गतेबाट रिलिज हुँदैछन्।