गौरीगंगाको एमाले पार्टी कार्यालय प्रशासनको कब्जामा, सिडिओ दलको कार्यकर्ता बनेको आरोप

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका– १ चौमालास्थित नेकपा एमाले पार्टी कार्यालयलाई जिल्ला प्रशासन कार्यालय कैलाली कब्जामा लिएको छ । एमालेको पार्टी कार्यालयलाई नेकपा एकीकृत समाजवादीले पनि दावी गरेको थियो । सोमबार एमाले केन्द्रीय सदस्य तथा कैलालीकी सहइञ्चार्ज लीला भण्डारीले उक्त कार्यालय उद्घाटन गरेकी थिइन् । त्यसलगत्तै नेकपा एकीकृत समाजवादीले तालाबन्दी गरेपछि विवाद बढेको हो । […]

सम्बन्धित सामग्री

रूपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्नेमा ओलीको जोड

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रूपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन् । एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताए । ‘एमालेले क्षणिक कुरा मात्र सोच्दैन । दीर्घकालीन कुरा सोच्छ’, उनले […]

एमालेको चियापानमा कमल थापा पनि सहभागी

हेटौँडा। चाडपर्वको अवसरमा नेकपा एमाले मकवानपुरले आयोजना गरेको चियापान समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उपस्थित भएका छन्। एमाले मकवानपुरले आज बिहीबार आयोजना गरेको कार्यक्रममा थापा पनि पुगेका हुन्। अध्यक्ष थापा आफ्ना भाई गणेश थापा सहितका कार्यकर्ता लिएर एमाले पार्टी कार्यालय पुष्पलाल पार्क पुगेका हुन्।

राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीसहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं, ४ असोज । दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । शाही दैलेखका स्थायी बासिन्दा हुन् । एमाले पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

ओलीको निर्देशनमा एमाले कार्यकर्ता विष पिउन तयार छन् : देवी ज्ञवाली

काठमाडौं : नेकपा एमालेका नेता देवी ज्ञवाली एमाले नेता कार्यकर्ता पदका लागि नभएर देश र जनताको लागि काम गर्ने पार्टी भएकाे बताएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘एमाले कार्यकर्ता पदको लागि लडेका छैनन्। एमालेमा कार्यकर्ताहरु पार्टीको निर्देशनमा विष पिउन तयार छन्। मृत्युवरण गर्न तयार छन्।’उनले ०७४ को चुनावमा आफूहरुलाई मतपत्र च्यातेर हराएको भुलेर पार्टीको निर्देशन मानेर नै आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताएर

जनमोर्चाका नेता सिमाली एमाले प्रवेश

राष्ट्रिय जनमोर्चाका नेता धर्म सिमालीसहित माओवादीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।   आइतबार एमाले पार्टी कार्यालय थापाथलीमा नेता सिमालीसहित दाङका ३५ माओवादी कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।