बागलुङको निसीखोला गाउँपालिका–२ का २९ वर्षिय सुनिल विकको असार २१ गते क्वारेन्टाइनमा मृत्यु भयो । कोरोना संक्रमण फैलिएसँगै भारतमा मजदुरी गुमाए पछि असार २ गते गृह जिल्ला फर्केर ढोरपाटन नगरपालिका–४ खुङ्गाको छोरेगाउँ माविको क्वारेन्टिनमै रहेको अवस्थामा विक मृत्यु भएको थियो ।
विक नेपाल फर्कर्दै गर्दा भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको थियो । जोखिम क्षेत्रबाट आएको कारण विकको पनि असार १२ गते कोरोना परीक्षण गर्न स्वाव संकलन गरी कोरोना परीक्षण गर्न पोखरा पठाईयो । दुर्भाग्य कोरोना रिपोर्ट मृत्यु पछि मात्रा सार्वजनिक भयो ।
विदेशबाट सुरक्षाको खोजीमा घर फर्केका विकले जिउँदो छँदा रिर्पाट ढिला आउँदा उपचार त पाउनु भएनन मृत्यु पश्चात मलामी समेत भएनन । कारण मृत्यु पश्चात कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सरकारले कोरोना संक्रमितको शव व्यवस्थापन नेपाली सेनाले गर्ने निर्देशिका जारी गरेको हुँदा विकलाई मृत्यु पश्चात न त आफ्न्तले पानी खुवाउन पाएन न त मलामी भएर घाटसम्म पुगे ।