कोभिड–१९ का कारण सन् २०२० महामारी र अनिश्चयको वर्ष बन्यो । कोभिडका कारण विश्व नै आक्रान्त बनेका बेला नेपाल यसबाट अछुतो रहन सकेन । कोरोनाका कारण हजारौं संक्रमित भए । कतिले आफन्त गुमाए । धेरैले रोजगारी गुमाए । कर्मथलोलाई छोडेर पैदलै गाउँ फर्किनेको लर्को राजमार्गमा देखियो । परदेशमा रहनेहरु पनि स्वदेश आउन थाले । कोरोना भाइरसले हाम्रो मानसिक र सामाजिक परिवेशमा धेरैथरीका परिवर्तन ल्यायो । कोरोना संक्रमणको जोखिम र भयकै बीच सन् २०२० बिदा हुँदैछ । कान्तिपुरका फोटो पत्रकारहरुले खिचेका यी २० तस्बिरमा कोरोना कहर यसरी देखियो :कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा ज्यान गुमाएकाहरुको काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृह परिसरमा अन्तिम संस्कारअघि सलामी दिँदै सैनिकहरु । तस्बिर : इलिट जोशी [तल]