दुर्लभ वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ

काठमाडौं : महानगरपालिका–२६ सामाखुशीबाट करिब ३.५५ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित  प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।मकवानपुर गढी गाउँपालिका–८ बस्ने ४२ वर्षीय सूर्यबहादुर स्याङतान समेत ३ जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो। प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसारमा पठाइने प्रहरीले

सम्बन्धित सामग्री

सालकको खपेटासहित तीनजना समातिए

काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको खपटासहित काठमाडौंमा तीनजना पक्राउ परेका छन् । शनिबार दिउँसो काठमाडौं महानगरपालिका–२६, सामाखुसीबाट करिब साढे तीन किलो तौल भएको सालकको खपेटासहित प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–८ का ४२ वर्षीय सूर्यबहादुर स्याङ्तानसहित तीनजना छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई सालकको खपेटा...

चितुवाको छालासहित तीनजना पक्राउ

काठमाडौं । बाँकेमा चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  बैजनाथ गाउँपालिका–५ गायत्री टोल बस्ने २८ वर्षीय यामबहादुर विश्वकर्मालगायत तीनजना छन् । उनीहरुको साथबाट दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला बरामद भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छालासहित पक्राउ गरेको हो ।...

रेडपाण्डाको छालासहित तीन पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे)को छालासहित सोलुखुम्बुको महाकुलुङबाट तीनजना पक्राउ परेका छन् । सातवटा

सालकको खपटासहित तीनजना पक्राउ

१३ पुस, काठमाडौँ । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जना व्यक्तिलाई आखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बाँदरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज …