काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन निर्देशन दिएका छन्।आयोगका पदाधिकारीलाई शुक्रबार निर्देशन दिँदै शिक्षामन्त्री पौडेलले कार्ययोजना बनाएर चुस्त दुरुस्त काम गर्न निर्देशन दिएका हुन्।उनले जनताको पक्ष र मेडिकल शिक्षा सुधार्न गरिएको काम १/२ जनाले विरोध गर्दैमा केही नहुने बताए।‘मन्त्रालयको तर्फबाट आयोगलाई सहयोग रहन्छ। कार्ययोजना बनाउनुस्। गाँठो फुकाउन पहल गर्छु। मेडिकल शिक्षा सुधार्ने काम गरौं। अल्झेका विषयहरु