मधेश प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा जलेश्वर अस्पतालको निरीक्षण

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले जलेश्वर अस्पतालको  आकस्मिक निरीक्षण गरेका छन्।

सम्बन्धित सामग्री

सुख्खा बन्दरगाह निर्माण हुने भएपछि व्यवसायी खुसी

मधेश प्रदेश अन्तर्गत पर्ने महोत्तरीको दक्षिणी नाका भिठ्ठामोड मलिबारा नाकामा सुख्खा बन्दरगाह निर्माण हुने भएपछि त्यस क्षेत्रका व्यवसायीहरू खुसी भएका छन् । संघीय सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा जलेश्वर भन्सार कार्यालयलाई सुख्खा बन्दरगाह बनाउने सम्वन्धमा वजेट भाषणमा नीतिगत व्यवस्था गरेपछि व्यवसायीहरू खुसी भएका हुन् । संघीय सरकारबाट सो नाकामा सुख्खा बन्दरगाह निर्माण गर्ने स्वीकृति […]

मधेश प्रदेशमा पर्यटन विस्तारका आधार

हामीकहाँ हिमाल, पहाड र तराई मधेश सबै क्षेत्र पर्यटकीय सम्भावनाले भरिएका छन् । मधेशको समथर भूमि कृषि र उद्योग व्यापारका लागि मात्र नभएर पर्यटनका लागि पनि उत्तिकै सम्भाव्य छ । यो सम्भावनाको उपयोग हुन पाएको छैन । हिमाल र पहाडका सीमित सम्भाव्यताहरूको उपयोग भइरहे पनि मधेशको पर्यटकीय महत्त्व एक प्रकारले ओझेलमा परेको छर्लङ्ङ नै छ । तराई/मधेश पर्यटकीय हिसाबमा कि पछाडि पर्‍यो या पारियो यो विषयमा बहस होला । सरकारले भारतीय रुपयामा व्यापार व्यवसायमा प्रतिबन्ध नलगाएको अवस्थामा १ सयभन्दा बढी दरका भारतीय नोट बोक्न प्रतिबन्ध लगाउनुको अर्थ छैन । भारतीय पर्यटकलाई तेस्रो मुलुकबाट आएका अन्य पर्यटकसरह सम्मान दिने हो भने मधेशमा पर्यटन व्यवसायले हाम्रै पालामा राम्रै छलाङ मार्ने कुरामा आशंका आवश्यक छैन । भौगोलिक र जनसांख्यिक रूपमा दुई विशाल देशको बीचमा रहेको हाम्रो देशले आर्थिक रूपमा लाभ लिन सक्ने क्षेत्रमध्ये पर्यटन पनि एक हो । सापेक्ष नीति र त्यसको प्रभावकारी कार्यान्वयन हुने हो भने पर्यटनलाई यहाँको मुख्य आयस्रोत बनाउन नसकिने कारण छैन । भौगोलिक र प्राकृतिक सुन्दरताका हिसाबले त पर्यटकले नेपाललाई स्वर्गकै टुक्राको उपनाम पनि दिएको पनि सुनिन्छ । अहिले मधेशले पर्यटन क्षेत्रका समस्याहरूको समाधान चाहेको छ । त्यसैले हामीले यदि मधेशमा साँच्चै पर्यटकीय गतिविध बढाउने हो भने तहगत सरकारले त्यसअनुसारका नीति र योजना बनाएर अघि बढ्नु पर्छ । संघ, प्रदेश र स्थानीय सरकारले वार्षिक बजेट बनाउनुअघि तीनओटै तहगत संवादबाट एकीकृत कार्ययोजना ल्याउनुपर्छ । पर्यटकीय स्थलको पहिचान गरी खास स्थानमा उद्देश्यमूलक तरीकाले देखिने खालका योजनामा लगानी गर्नुपर्छ । त्यसको फाइदा मधेश र त्यससँग जोडिएका सम्पूर्ण सरोकारवालाले तुरुन्तै लिन सकून् । यस्तो सम्भावित क्षेत्रहरू कुन हुन सक्छन् त ? पहिलो प्राथमिकतामा पर्ने भनेको पर्सा राष्ट्रिय निकुञ्ज र पर्साको ठोरी वरिपरिका क्षेत्र नै हुन् । पर्सा राष्ट्रिय निकुञ्ज र ठोरीक्षेत्र अहिलेकै अवस्थामा पनि मधेशमा आकर्षक पर्यटकीय स्थल मानिन्छन् । यदि यी क्षेत्रमा थोरै पूर्वाधार विकास र उचित प्रवर्द्धन हुने हो भने मधेश पर्यटनका हिसाबले सुनको अन्डा दिने कुखुरा नै साबित हुने छन् । यदि तीनै तहका सरकारका बजेट कनिका छरेझैं भिन्नभिन्न ठाँउमा भिन्नभिन्न परियोजनामा लगाएर भ्रष्टाचारको अखडा बनाउनुभन्दा प्रत्येक आर्थिक वर्षमा एकमुष्ट रूपमा यस्ता उत्पादनशील योजनामा लगाउन सकेमा हाम्रै पालामा मधेशको पर्यटनमा कयापलट सम्भव हुनेछ । अझ धार्मिक पर्यटनको हिसाबले त मधेश आफैमा अथाह सम्भावना भएको प्रदेशका रूपमा आउँछ । हामीकहाँ प्रचारप्रसारै गर्न नपर्ने आफैमा प्रसिद्ध जानकी मन्दिर, विश्वमै प्रसिद्ध गढमाई मन्दिर, छिन्नमस्ता, पारसनाथ धामजस्ता धेरै प्रसिद्ध मन्दिर छन् । थोरै प्रचारप्रसार र प्रवर्द्धन गरे पुग्ने भाठा धाम, जलेश्वर नाथ, भरत ताल, चुरियामाई, नाडी ताल, शल्हेश फूलबारी, गेट्वे अफ नेपाल भनेर चिनिने शंकराचार्य गेटजस्ता धेरै पर्यटकीय सम्भावना बोकेका पर्यटकीय स्थल छन् । बाराको गढीमाई, वीरगञ्जको घरिअर्वा, गहवा, पारसनाथ, भाठालगायत क्षेत्रको धार्मिक मान्यतासँगै पर्सा राष्ट्रिय निकुञ्जको पर्यापर्यटनको सम्भाव्यतालाई ब्रान्डिङ गर्नुपर्छ । धार्मिक प्रसिद्धि कमाएका यी स्थलको प्रचारप्रसार गर्न हामी धेरै टाढा पनि जानै पर्दैन । छिमेकी देश भारतको हिन्दू धर्मालम्वीहरूको बाहुल्य रहेको विहार राज्य मधेशसँगै जोडिएको छ । यो पर्यटनका लागि अवसर हो । जनकपुर र अयोध्यालाई प्याकेजको रूपमा ब्रान्डिङ गरेर अगाडि बढ्नुपर्छ । यसबाट पर्याप्त पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको समयमा जनकपुर–अयोध्या भगिनी सम्बन्ध र विकास योजनाको कुरा भएको थियो । त्यो योजना अहिले अलमलमा परेको छ । त्यसलाई कार्यान्वयनमा लैजान विलम्ब गर्नु हुँदैन । मधेश प्रदेश सरकारले पर्यटनमा अपनत्व लिएर विहारका शहरहरूमा यस्ता पर्यटकीय स्थलहरूको महत्त्व र परिचय झल्कने होडिङबोर्ड वा अन्य सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरिदिने हो भने मधेशमा पर्यटक खोज्न अन्त जानै पर्दैन । अझ भरतीय नम्बर प्लेटका पर्यटकीय सवारीसाधनलाई मधेश प्रदेशभरि भन्सारमा इन्ट्रीमात्र गरेर निःशुल्क आउजाउ गर्न दिने हो भने सहज हुन्छ । सिमानामा भारतीय रुपैयाँ लिएर आएका पर्यटकसँग हुने दुर्व्यवहार भारतीय पर्यटकका लागि हैरानीको मूल कारण बनेको छ । यसले भारतबाट आउने पर्यटकलाई सिमानामा अनपेक्षित हैरानी हुने गरेको छ । यो पर्यटकलाई पैसा नलिई आऊ भनेजस्तै भयो । पर्यटक हामीकहाँ आएर खर्च गरोस् भन्नका लागि त यस्ता कुरामा सहजीकरण गरिनु पर्छ । सरकारले भारतीय रुपयामा व्यापार व्यवसायमा प्रतिबन्ध नलगाएको अवस्थामा १ सयभन्दा बढी दरका भारतीय नोट बोक्न प्रतिबन्ध लगाउनुको अर्थ छैन । भारतीय पर्यटकलाई तेस्रो मुलुकबाट आएका अन्य पर्यटकसरह सम्मान दिने हो भने मधेशमा पर्यटन व्यवसायले हाम्रै पालामा राम्रै छलाङ मार्ने कुरामा आशंका आवश्यक छैन । बालुवाको बगरमा उभिएका देशले त विश्वका पर्यटकलाई तानिरहेका छन् भने प्राकृतिक सुन्दरतामा यति अब्बल हाम्रो देशमा पर्यटक भित्र्याएर अर्थतन्त्रलाई बलियो बनाउन नसक्ने होइन, अभाव दीर्घकालीन सोच र नीतिगत व्यवस्थापनको मात्रै हो । पन्त वीरगञ्ज होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हुन् ।

मधेश प्रदेशमा खोप लगाउनेको संख्या बढेसँगै कोरोनाको ग्राफ घट्दै

माघ २०, जनकपुर । कोरोना विरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।  यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा संक्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो संख्या ५० को हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो समय यस प्रदेशमा संक्रमितको संख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ । निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ संक्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन् । बुधवार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ संक्रमित थपिँदा ४४ र मंगलवार ५४ जनामा संक्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए ।  उनका अनुसार बुधवार धनुषा र सर्लाहीमा १५–१५, महोत्तरी र सप्तरीमा चार–चार, रौतहट र बारामा दुई–दुई नयाँ संक्रमित थपिएका छन् भने मंगलवार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा छ–छ, सप्तरीमा पाँच, बारा र रौतहटमा दुई–दुई तथा सर्लाहीमा एक नयाँ संक्रमित थपिएका छन् ।  थपिएका संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरु सबै होमआइसोलेशनमा रहेको जानकारी दिइएको छ । महामारी शुरु भएपछि प्रदेशमा संक्रमणबाट हालसम्म ४१ हजार १२२ संक्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् भने एक हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकले देखाएको छ । निर्देशनालयका अनुसार संक्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ । सुरुमा संक्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढ्ेसँगै संक्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन् । वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करीब तीन साताका अवधिमा प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करीब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, बढ्दै गएको संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय प्रदेशमा खोप लगाउने दर बढेको निर्देशक झाले बताए ।  गत पुससम्म दुई डोज खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशत मात्र रहेकामा पछिल्लो तीन साताको अवधिमा त्यो संख्या बढेर करीब ५५ प्रतिशत पुगेको उनको भनाइ छ । उनका अनुसार पूर्ण डोज खोप लगाउनेको संख्या सर्लाहीमा ६७, धनुषामा ६०, बारामा ५८, पर्सामा ५७, सप्तरीमा ५२, सिरहामा ५१, रौतहटमा ४५ र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ ।  यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्र डोज खोप लगाउनेको संख्या भने प्रदेशमा करीब ६६ प्रतिशत छ । ती मध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत छन् । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहको भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको खोप लगाउने संख्या बढी छ । निर्देशक झाका अनुसार प्रदेशमा ती उमेर समूहका करिब ६७ प्रतिशतले खोप लगाइसकेका छन् । ‘खोप लगाउने दर कम हुँदा संक्रमण फैलिने दर बढेको थियो’, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा दिलीप साहले भने, ‘तर पछिल्लो केही सातादेखि खोप लगाउने दर बढ्दै गएसँगै संक्रमितको संख्या घट्दै गएको छ, यसलाई सकारात्मकरूपमा लिन सकिन्छ ।’  अहिलेसम्म धेरैमा त्यस्तो जटिल नदेखिनुमा पनि खोपको प्रभावकारिता हो, उहाँको भनाइ थियो । तर स्वास्थ्य मापदण्ड पालना नगरेमा संक्रमण अझै फैलिने सक्ने भएकाले सचेत हुनुपर्ने डा झाको सुझाव छ । सीमावर्ती क्षेत्रमा हेल्थडेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै आएकाले पनि कोरोनाको ग्राफ घटेको स्थानीयवासीको बुझाइ छ । ‘विगतभन्दा यसपालि समयमै बोर्डरमा हेल्थ डेस्क स्थापना गरी चाँच शुरु ग¥यो’, महोत्तरी जलेश्वरका सुशीलकुमार कर्णले भने, ‘सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट दैनिक एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।’ जाँचका क्रममा संक्रमित पाइएका नेपालीलाई होमआइसोलेशनमा र भारतीयलाई भारततर्फ फर्काउने गरेकाले पनि संक्रमणदर घटेको हुनसक्ने उनको भनाइ थियो । पर्साको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको जलेश्वर भिट्टामोड र सिरहाको माडरमा ‘हेल्थ डेस्क’स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै गरिँदै आइएको छ ।  वीरगञ्ज भन्सारमा रहेको हेल्थडेस्कमा बुधवार २८० को जाँच गर्दा छमा, रौतहटको गौर नाकामा १२ को जाँच गर्दा आठमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । रासस

मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई

जलेश्वर । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘मधेश प्रदेश नेपालको लाइफलाइन हो, यो महत्वपूर्ण क्षेत्रको विकास निर्माण एवं अन्य गतिविधि विवेकपूर्वक तवरले गरिनुपर्छ ।’ मधेस प्रदेश ठप्प भए सम्पूर्ण देश नै ठप्प हुने […]

महोत्तरीबाट १६० किलो गाँजा बरामद

पर्सा : महोत्तरीको महोत्तरी गाउँपालिका-४ रानीखतवाडाबाट १६० किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।गणेश चौधरीको कुखुरा फर्म पछाडि परालको कुन्युभित्र लुकाएर राखिएको १६ वटा पोका गाँजा बिहीबार साँझ बरामद गरिएको सशस्त्र प्रहरी मधेश प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवास प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताए।विशेष सूचनाअनुसार जलेश्वर बिओपी र जलेश्वर बेशबाट पनि मद्दतका लागि गएको सशस्त्रको टोलीसहितले गाँजा बरामद गरेको मगरले बताए। गाँजा नेपाल प्रहरीलाई बुझाइ सकिएको सशस्त्र प्रहरीले ब