नेको इन्स्योरेन्सद्वारा लाभांश घोषणा

नेको इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीलाई १५.५ प्रतिशत बोनस सेयर तथा ०.८२ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो । घोषणा गरिएको उक्त लाभांश बिमा समितिको स्वीकृति तथा साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सम्बन्धित सामग्री

नेको इन्स्योरेन्सले १५ प्रतिशत र मितेरी डेभलपमेन्टले १३ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नेको इन्स्योरेन्स १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार हिजाे  बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । यस्तै मितेरी […]

६ निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, सबैभन्दा बढी नेको इन्स्योरेन्सको

माघ २४, काठमाडौं । हालसम्म ६ ओटा निर्जीवन बीमा कम्पनीले आव २०७७/७८ को  मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  लाभांश घोषणा गरेका ६ ओटा कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्सले लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो ।  बाँकी ५ ओटा कम्पनीले भने साधारण सभा बोलाएका छैनन् । यी ६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश, एनएलजी इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  यी पाँच ओटा कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको छ ।  समितिका अनुसार बिमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बिमकलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुन्जेलसम्मको लागि नगद लाभांश वितरणमा रोक लागाएको हो ।  सोही व्यवस्थाअनुसार कम्पनीहरुले लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गर्न थालेका छन् ।

नेको इन्स्योरेन्सद्वारा १५.७९ % लाभांश घोषणा

माघ ३, काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको माघ ३ गते विहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि मात्र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित यो लाभांश वीमा समितिले स्वीकृति दिएमा आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

नेको इन्स्योरेन्सको लाभांश घोषणा

नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बिहान बसेको संचालक समितिको समिति बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायाम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।कम्पनीले नेप्से मार्फत जारी गरेको सूचनामा भनिएको छ 'यस कम्पनीको संचालक समितिको मिति २०७८।१०।०३ गते (बिहान ८:०० बजे) बसेको ४१७औं वैठकले आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण पारित गर्दै सो बर्षसम्मको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १५% बोनश शेयर तथा ०.७९% नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्न प्रस्ताव गरिएको र उक्त बोनश शेयर तथा नगद लाभांश बीमा समितिको स्वीकृति एवं आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने व्यहोरा समेत तहाँको जानकारीको लागि अनुरोध गर्दछौं ।'

नेको इन्स्योरेन्स कम्पनीद्वारा लाभांश घोषणा, नगद र बोनश शेयर कति ?

काठमाडौँ / नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको यही जेठ ९ गते बसेको ४०६औं बैठकले आर्थिक बर्ष २०७६/०७७ को वित्तीय विवरण