कैलाली – सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सोमवारदेखि सुरु भएको छ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेश सभाको बैठक सुरु भएको हो । ६ महिना बित्नै लाग्दा सोमबार आह्वान गरिएको प्रदेश सभाको सातौँ अधिवेशनको प्रथम बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरूले बलात्कारकाे घटनालाई सरकारले गम्भीरताका साथ नलिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य नेता लीलाधर भट्टले बैठकको सुरुमै आफ्नो बेञ्चबाट बोल्दै घटनाको अनुसन्धान तथा छानबिनप्रति प्रदेश सरकारले ध्यान नदिएको भन्दै विरोध जनाउनुभयाे । घटना...