राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश

कास्की-  गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको आज भएको क्वार्टरफाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्बिनी र प्रदेश १ बाहिरिएका छन् । मधेस र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता : एपीएफ र पुलिस भिड्ने

विभागीय टोलीद्वय एपीएफ र नेपाल पुलिस क्लब इटहरीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुलिस र आर्मी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् । मंगलबार साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुलिस र आर्मी समूह बि को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–७ को सेटमा जित […] The post पुलिस र आर्मी सेमिफाइनलमा first appeared on Hamro Khelkud.

न्यू डायमन्डलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

काठमाडौं । होङवान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं ‘राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९’ को उपाधि जितेको छ । मंगलवार सम्पन्न फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–२ सेटमा पराजित गर्दै न्यू डायमन्डले उपाधि प्राप्त गरेको हो । उपाधि विजेता न्यू डायमन्डले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । न्यू डायमन्डकी प्रगति नाथ ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद १० हजार र ट्रफी पाउन सफल भइन् । उपविजेता एपीएफले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेताको पुरस्कार चाँगुनारायण नगरपालिकाले प्रायोजन गरेको हो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको तेस्रो स्थानमा नेपाल पुलिस रह्यो । पुलिसले मार्बल टेक्नोप्लास्ट प्रालिले प्रायोजन गरेको नगद ७५ हजार प्राप्त गर्‍यो । पुलिसकी उषा भण्डारी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरिन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमन्डकी प्रतिभा माली घोषित भइन् । उनले नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सर्वोत्कृष्ट खेलाडीका लागि प्रदान गरिएको ५० हजार नगद मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको थियो । विधागततर्फ उत्कृष्ट स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट ब्लकरमा एपीएफकी हिरा केसी, उत्कृष्ट सर्भरमा एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा न्यू डायमन्डकी प्रगति नाथ, उत्कृष्ट लिबेरोमा न्यू डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा न्यू डायमन्डका कुमार राई, उदीयमान खेलाडीमा न्यू डायमन्डकी सलिना बुढामगर छनोट भए । विधागततर्फका उत्कृष्ट प्रत्येकले नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

राष्ट्रिय महिला भलिबलमा एपिएफ विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा बुधबार सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ। प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजित...

राष्ट्रिय महिला भलिबलमा विभागीय एपिएफ र पुलिस फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोागिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन्। एपिएफलले बागमती र पुलिसले गण्डकी प्रदेशलाई सेमिफाइनलमा...

न्यु डायमन्ड र पुलिस फाइनलमा

चितवन (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब कर्पाकेली पुन युवा क्लब चितवनमा जारी लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता फाइनलमा पुगेका छन् । आइतबार पूर्वी चितवनको खैरहनीस्थित सिमलटाडीमा रहेको आयोजक कर्पाकेली पुन युवा क्लबको कोर्टमा भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो […]

एपीएफलाई हराउँदै पुलिस तेस्रो

दमक (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । पुलिसले अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । झापा दमकको पसुहाटमा मंगलबार तेस्रो स्थानको लागि भएको खेलको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो पक्षमा […]

न्यु डायमन्ड र पुलिस समूह विजेता

दमक (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब समूह विजेतो बन्दै प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । डायमन्ड समूह ‘बी’ बाट तथा पुलिस समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । झापा दमकको पसुहाटमा आइतबार भएको समूह चरणको अन्तिम […]

‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा

काठमाडौँ । सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले पाल्पाको तानसेनस्थित रानी महलमा आयोजना गरिने सात प्रदेश र तीन विभागीय टोली (आर्मी, एपिएफ र पुलिस) को सहभागिता रहने जानकारी दिए । नेपाल भलिबल सङ्घको […]

चितवनमा राष्ट्रिय महिला भलिबल हुने

चितवन (हाम्रो खेलकुद) – कर्पाकेली पुन युवा क्लब चितवनको आयोजनमा स्वर्गिय लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । प्रतियोगिता २५ देखि २९ फागुनसम्म चिवतनको खैरहनीस्थित पुन समाजको कार्यालय परिसरमा हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब […]