विराटनगर । पछिल्ला केही दिनयताबाट प्रदेश १ का जिल्लामा क्रमशः कोरोना सङ्क्रमण दर घटेको छ । प्रदेशका ६ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १० भन्दा कममा झरेको छ ।तर सङ्क्रमणको दर घटे पनि मृत्युदर भने अहिले पनि उच्च दरमा नै देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १४ जिल्ला मध्ये पहाडी तथा हिमाली जिल्लाहरु खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा सङ्क्रमणको दर १० भन्दा तल झरेको छ ।मन्त्रालयको तथ्याङ्कअनुसार खोटाङमा ६ जना, सोलुखुम्बुमा १ जना, सङ्खुवा