विश्व कप फ्यानहरूले कतारमा सामना गर्नुपर्ने ५ प्रकारका प्रतिबन्ध

विश्व कप खेलकुद र अन्तर्राष्ट्रिय उत्सवहरुमा धेरै प्रशंसकहरूको लागि रक्सीले ठूलो भूमिका खेल्छ। स्टेडियमहरूका साथै खेलहरू देखाउनको लागि चाँडै खुल्ने वा ढिलोसम्म खुला रहने बारहरूमा पनि यो कुरा सत्य हो । तर सन् २०२२ को कतारमा हुने विश्वकप यसअघिको भन्दा फरक छ। मुस्लिम राष्ट्रमा टूर्नामेंटको पहिलो खेल हुनु भन्दा दुई दिन अघि अधिकारीहरूले आश्चर्यजनक घोषणा […]

सम्बन्धित सामग्री

मेस्सीले भने– ‘याे मेराे अन्तिम विश्व कप’

काठमाण्डाै – अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् ।  हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका बीबीसीले जनाएको छ । कतारमा चलिरहेको विश्व कपमा मेस्सीले पाँच गोल गरिसकेका छन् । उनले आफ्नो देश फाइनलमा पुग्दा निकै खुसी लागेको र यो नै आफ्नो अन्तिम विश्व कप हुने बताएका हुन् ।   पाँचौँ पटक विश्व कप खेलिरहेका मेस्सीले एक पटक पनि विश्व कपको उपाधि दिलाउन सकेका छैनन् । मेस्सीले अर्जेन्टिनाबाट विश्व कपमा ...

विश्व कप फुटबल : नेपालमा पनि जर्सी माेह (तस्बिरहरू)

काठमाण्डाै – अहिले कतारमा विश्व कप २०२२ का खेलहरू भइरहेकाे छ । कतारमा भइरहेको विश्व कप फुटबलले अरू देशलाई जस्तै नेपाललाई पनि छोएको छ । नेपाली फुटबल प्रेमीहरू पनि आफूलाई मन पर्ने देश र मन पर्ने खेलाडीको जर्सी लगाएर समर्थन गर्दै खेलको मजा लिइरहेका छन् । कतार विश्व कपले नेपालको जर्सी पसलमा पनि भिड बढाएको छ । दिनमै एक लाख रुपैयाँभन्दा धेरैको जर्सी व्यापार हुने व्यापारीहरू बताउँछन् । तस्बिरहरू– तस्बिरहरू : महेश ज्ञवाली

कतार विश्व कप

मानव अधिकार उल्लंघन र भ्रष्टाचार आरोपका बाबजुद कतारमा गत मंसिर ४ गतेदेखि विश्व कप भइरहेको छ।

कतार विश्व कप फुटबलको तयारी अन्तिम चरणमा : रङ्गशालाभित्र जाँडरक्सी प्रतिबन्ध

काठमाण्डाै -  कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विश्व कप भोलिदेखि सुरु हुँदैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले पहिलो पटक विश्व कप खेल्दैछ । यो विश्व कपमा ३२ देश सहभागी हुँदैछन् । कतारले निर्माण गरेका ८ वटा रङ्गशालामा खेल हुनेछन् । फिफाले खेल हुने ८ वटा रङ्गशालामा जाँडरक्सीको बेचविखन नहुने जनाएको छ । तर रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले जाँडरक्सी किन्न सक्न...

साडियो मानेले विश्व कप फुटबल खेल्न नसक्ने

सेनेगलका फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्व कप फुटबल खेल्न नसक्ने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्व कप गुमाउने पुष्टि गरेको छ । साथै सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्व कपबाट बाहिरिएको जनाएको छ । विश्व कप फुटबल पर्सि आइतवारदेखि कतारमा सुरु हुँदैछ । केही दिनअघि मात्रै मानेले विश्व कपको पहिलो खेल गुमाउने भनिएको थियो । तर उनको दायाँ खुट्टामा लागेको चोट निको हुन समय लाग्ने भएको छ । घाउमा शल्यक्रिया समेत गरिएको छ । अब उनी झण्डै ३ महिना मैदान बाहिर रहने छन् । विश्व कप फुटबलमा सेन...

विश्व कप फुटबल नजिकिएसँगै कतारमा सयौँ कामदारलाई बिदामा बस्न दबाब

कतारमा विश्व कप फुटबल नजिकिएसँगै सयौँ आप्रवासी कामदारलाई बिदामा बस्न दबाब बढेको छ । मध्य दोहामा रहेका कामदारलाई उनीहरु बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब दिइएको हो । विश्व कप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनालाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानीय बासिन्दा र कामदारहरूले बताएका छन् । अल–मन्सौराको आसपास तथा अपार्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहरू सडकमा निकालिएका समाचार संस्था एएफपीले जनाएको छ । कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा धेरै ...

कतारमा विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने

कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो । कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको …

पेरुलाई हराउँदै अस्ट्रेलिया विश्व कप फुटबलमा छनोट

काठमाण्डाै - अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्व कप फुटबलमा छनोट भएको छ । गएराति भएको खेलमा अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । अस्ट्रेलिया सन् २००६ को विश्व कपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ । विश्व कपमा छनोट हुने अन्तिम टोलीको टुङ्गो आज लाग्नेछ ।

विश्व कप छनोट : क्यानडाले एल साल्भाडोर र अमेरिकाले होन्डुरसलाई हरायो

काठमाण्डाै - कतारमा हुने फिफा विश्व कप फुटबल छनोट खेलमा क्यानडाले एल साल्भाडोरलाई हराएको छ । कोन्काफ छनोटको प्ले अफ अन्तर्गत आज बिहान भएको खेलमा क्यानडाले एल साल्भाडोरलाई २–० गोलले हराएको हो । क्यानडाका एटिबा हचिन्सन र जोनाथन डेभिडले एक/एक गोल गरे । जितसँगै क्यानडा विश्व कप छनाेटको नजिक पुगेको छ । छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले ११ खेलमा २५ अङ्क जोडेको छ । एल साल्भाडोर ९ अङ्कका साथ छैटौँ स्थानमा छ । यस्तै अर्को खेलमा अमेरिकाले होन्डुरसलाई हराएको छ । अमेरिकाले होन्डुरसलाई ३–० गोलले ...

एसियाली देशबाट विश्व कप फुटबलमा पुग्ने इरान पहिलो टोली

इरान कतारमा यसैवर्ष हुने फिफा विश्व कप फुटबलका लागि छनोट भएको छ । इराकलाई १–० गोलले हराउँदै इरानले विश्व कपमा स्थान पक्का गरेको हो । इरानको जितमा मेधी तारेमीले खेलको ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । इरान समूह ‘ए’ मा सात खेलबाट १९ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । इरान एसियाली देशबाट सन् २०२२ को विश्व कप फुटबलमा पुग्ने पहिलो देश बनेको छ ।