घुस लिएको अभियोगमा मालपोत कार्यालयका प्रमुख पक्राउ

लहान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ। आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाँच लाख रुपैयाँ घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो। सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा मालपोतका सुब्बा र खरिदार पक्राउ

काठमाडौँ। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई डेढ सो रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको आयोगका […]

खरिदार र लेखनदास १५ हजार घुससहित पक्राउ

वीरगंज – भूमि सुधार तथा मालपोत कार्यालय बारामा कार्यरत खरिदार एवं एक जना लेखनदास पक्राउ परेका छन् । उनीहरुलाई १५ हजार घुसको रकमसहित पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दुवैलाई पक्राउ गरेको जनाएको छ । मालपोत बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखनदास गौरीशंकर कुशवाहलाई पक्राउ गरिएको अख्तियारले […]

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झा ५ लाख घुससहित पक्राउ

जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् । जनकपुरधामको भानुचौकबाट आज (आइतबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ । जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा […]

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल झा पाँचलाख घुससहित पक्राउ

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग  टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुखलाई घुससहित पक्राउ गरेका छन्।जनकपुरधामको भानुचोकबाट सोमबार बिहान अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले निमित्त सुनिल  झालाई नियन्त्रणमा लिएको हो।  मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झालाई अख्तियारको टोलीले ५ लाख घुस रकमसहित सोमबार बिहान  पक्राउ गरेको हो।झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो । १२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी […]

सवाग्राहीसँग घुस लिने मालपोत अधिकृत र अमिनविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज (शुक्रबार) विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा […]

मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत घुस रकमसहित पक्राउ

५ चैत, काठमाडौं । मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका छन् । अख्तियारको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको …

घुस लिएको आरोपमा मालपोतका सुब्बासहित सशस्त्रका हवल्दार अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोग लागेको छ । आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपीद्वयलाई बिगो बराबरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको ...

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कर्मचारी पक्राउ

बनेपा। सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिदै गर्दा  मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार ...

घुस लिएको आरोपमा मालपोतका कर्मचारी कार्यालयबाटै पक्राउ

बनेपा । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...