काठमाडौं : पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।
यस्तै, पोखरा महानगरको उपप्रमुखमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले पनि मनोनयन दर्ता गराएकी छिन्।
गठबन्धनको सहमति अनुसार पोखरा महानगर प्रमुख एकीकृत समाजवादी र उपप्रमखु कांग्रेसले पाएको थियो। तर,…
पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट ऋषि सापकोटाले बागी उम्मेदवारी दर्ता गरेका छन्।
गठबन्धनले पोखरा महानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिएपछि स्थानीय कांग्रेस नेताहरु असन्तुष्ट थिए। कांग्रेस पोखरा महानगर समितिको पूर्व कोषध्यक्ष समेत रहेका सापकोटाले कांग्रेस भएर अन्य दलको चुनाव चिह्न मत हाल्न नसक्ने बताउँदै बागी उम्मेदवारी…
अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज...
अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए । &l
काठमाडौं : पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन्। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असन्तुष्टि पोखेका हुन्। सचिवद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ। हामी
पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको उम्मेदवार सिफारिसका लागि तय भएको चुनाव अन्तिम घडीमा आएर स्थगित भएको छ । नेताहरुको शक्ति संघर्षका कारण चुनाव स्थगितसँगै आकांक्षी सबै जनाको नाम माथिल्लो तहमा सिफारिस गर्ने सहमति भएको छ । सो बमोजिम एमालेले मेयरमा १२ र उपमेयरमा ११ जनाको केन्द्रमा पठाउने निर्णय गरेको एमाले पोखरा महानगर कमिटी […]
The post एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.
११ कात्तिक, पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समूहको टकरावबीच न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । दुई केन्द्रीय नेता समूहका ५ जना आकांक्षीलाई आफ्नो पक्षमा पार्दै खगराज पक्षधर न्यौपाने अध्यक्ष बन्न सफल भएका हुन् । मंगलबारदेखि शुरु […]
नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् ।
लामो समयको रस्साकस्सीपछि न्यौपाने बिहीवार अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
नेतृत्वका लागि बुधवार ५ जनाको उम्मेदवारी परेको थियो । बिहीवार मतदानको समय तोकिएकोमा नेताहरूबीच छलफलपछि न्यौपानेलाई सर्वसम्मत अध्यक्ष दिइएको हो ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेर काम गरेका उनी यसअघि एमाले नगर कमिटी सचिव थिए ।
अध्यक्षका लागि उनीसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीबीच प्रतिस्पर्धा थियो ।
सच...
नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।...