काठमाडौंमा देउसीभैलो राति १० बजेसम्म खेल्न पाइने

काठमाडौं,८ कात्तिक । तिहारमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । राति १० बजेसम्म देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार देउसीभैलो खेल्नका लागि यसअघि राति ९ः०० बजेसम्म तोकिएकामा नागरिकको मागबमोजिम थप एक घण्टा अर्थात् राति १० बजेसम्म कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय […]

सम्बन्धित सामग्री

पाँचथरमा बेलुका ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

पाँचथर । पाँचथरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै रातको समय देउसीभैलो खेल्न प्रतिवन्ध लगाएको हो । राजनीतिक दल, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको सर्वपक्षीय भेलाले निर्वाचन नजिकिरहेका बेला रातभर देउसीभैलो खेल्दा शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै समय सीमा तोकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले […]

सुर्खेतमा साँझ ७ बजेपछि देउसीभैलो खेल्न रोक

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सुर्खेतले साँझ ७ बजेपछि देउसीभैलो खेल्न रोक लगाउने भएको छ । तिहारको समयमा राति अबेरसम्म देउसीभैलो खेल्दा झगडा, विवाद र विभिन्न अपराधिक घटना हुने भन्दै साँझ ७ बजेपछि देउसीभैलो बन्द गरेको हो । प्रशासनले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा […]

काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक सूचनाजारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसीभैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ । […]

काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

काठमाडौँ – काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक सूचना जारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसीभैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ। तर, त्यसबाहेकको […]

राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

लमजुङ– दीपावलीका अवसरमा खेलिने देउसी-भैलो लगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले देउसी-भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै देउसी-भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ ।  विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्रीवितरण […]

काठमाण्डौमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

काठमाण्डाै – काठमाण्डौ प्रहरीले रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले विज्ञप्ति निकालेर आफ्नो चिनजान भएको ठाउँमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो । परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले तिहारमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ । परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ । जाँडरक्सी खाएर गाडी नचलाउन, स...

रुपन्देहीमा राति ९ बजेपछि भैलो खेल्न नपाइने

१७ कात्तिक, बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले राति ९बजे सम्म मात्रै देउसी भैलो खेल्न सकिने जनाएको हो । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ । सहायक प्रमुख […]

काठमाण्डौमा राति ९ बजे पछि देउसीभैलो खेल्न नपाइने

काठमाण्डौ - काठमाण्डौमा राति ९ बजे पछि देउसीभैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो । प्रशासनले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न पनि अनुरोध गरेको छ । देउसीभैलो खेल्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न प्रशासनले भनेको छ । पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं विस्फाेटक पदार्थको उत्पादन, ओसारपसार र बिक्री वितरण नगर्न भनिएको छ । मठमन्दिर, गुम्बालगायतका स्थलमा भीडभाड...