लमजुङ : असार महिना सकिँदा लमजुङमा करिब ८५ प्रतिशत रोपाइँ भएको छ। यस वर्ष पर्याप्त पानी परेका कारण आठवटै स्थानीय तहमा छिटो रोपाइँ भएको हो।कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले समयमै पानी परेकाले मुल फुटेको खेत, भलपानी छोप्नुपर्ने खेत र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ सकिसकेको बताए। मकै ढिलो पाक्ने खेतहरुमा भने रोपाइँ बाँकी रहेको छ। केन्द्रका अनुसार लमजुङको ४५ हजार ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये १६ हजार ६१२ हेक्टरमा धान खेती हुँदै आएको छ। यस्