६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो सातामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए । नियमित रुपमा वर्षा भएका कारण सिँचाइ हुने जमीनका साथै सिँचाइ नहुने जमीनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको ब