हामी शताब्दियौँ देखि यो पृथ्वीमा बसिरहेका छौँ । अन्य ग्रहबारे थाहा पाउने हाम्रो जिज्ञासाले हामीलाई चन्द्रमासम्म पुर्यायो । अब वैज्ञानिक मंगलमा पनि कदम राख्दैछन् । यी सबैको बीच धेरैको एउटै प्रश्न के छ भने के अन्य ग्रहमा पनि जीवन सम्भव छ ? के अन्य ग्रहमा पनि मानिस त्यसरी नै बस्न सक्छन् जसरी पृथ्वीमा बस्छन् ? अर्को ग्रहमा मानिस सामान्य रुपमा कति बेरसम्म बस्न सक्छन् ?सबैभन्दा पहिला तपाईंहरुले के थाहा पाउनुपर्छ भने पृथ्वीजस्तो अर्को कुनै ग्रह छैन । रङ्गीन सुर्यास्त, समुद्री हावा, यहाँ बस्ने जनावर, वर