सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद् भवनको मंगलबार बिहान निरीक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशनसमेत दिएका छन् । नयाँ बन्दै गरेको संघीय संसद् भवन बानेश्वरभन्दा यहाँ केके सुविधा छन् भन्ने मन्त्री चौधरीको जिज्ञासामा आयोजना निर्देशक श्रेष्ठले भने, ‘भवन अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । दलका कार्यालयहरू, संसद् सचिवालय, विकास समिति, सङ्ग्रहालय, पुस्तकालय, प्रतिनिधि सभा र राष्ट्रिय सभाका भवन, भिभिआइपी भवन, आरामदायी