विशेष सम्पादकीय: तपाईं गन्हाउनुभयो, अब राजीनामा गर्नुस् प्रधानन्यायाधीशज्यू !

निष्पक्ष र तटस्थ रहनुपर्ने न्यायालय अहिले चरम विवादको भूमरीमा फसेको छ, न्यायालयको नेतृत्व गर्ने व्यक्तिकै भूमिकाका कारण । आममानिसले न्यायालयबाट न्याय पाउने आशा मार्न थालिसकेका छन् । न्यायालयप्रति आमनागरिकको विश्वास यसपूर्व सायदै यति धेरै खस्केको थियो । न्यायालयको नेतृत्व गर्ने व्यक्ति नै हरेक ठाउँमा भागबण्डा खोज्दै हिँड्न थालेपछि न्यायालयप्रति आमजनताको भरोसा टुट्नु अस्वाभाविक होइन । पछिल्ला वर्षमा राज्यका अन्य अंगमा बाह्य हस्तक्षेपको प्रभाव परे पनि न्यायालय र सेनाले आफ्नो गरिमा कायम राखिरहेका थिए । अहिले आएर प्रधानन्यायाधीशले हर...