लमजुङ । लमजुङको बेंसीशहर नगरपालिकाको वडा नम्बर ६ मध्यडाँडालाई बालमैत्री वडा घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बीच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो । गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख शर्माले आजका बालबालिका भोलि देश निर्माणका पहरेदार हुने भएकाले बालबालिकालाई राम्रो वातावरण […]