सिमकोट – गृह मन्त्रालयद्वारा सरुवा गरिएका हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल जिल्लामा आइपुगेका छन्। तिहारअगाडि नै उनको सरुवा भए पनि आइतबार प्रजिअ पोखरेल पहिलो पटक नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला आइपुगेका हुन्। सरुवा भएयता पहिलो पटक जिल्लामा आइपुगेको प्रजिअ पोखरेलले बताए। सरुवा तिहारअगाडि भए पनि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेकाले प्रजिअ पोखरेल […]
काठमाडौं,११ वैशाख । चितवन -२ को मतगणनामा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने भएका छन् । मतगणनाको निर्णय लिन बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालका उम्मेदवारले निर्वाचनमा रास्वपालाई सहयोग गरेको आरोप लगाएका थिए । बैठकमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले मतगणनामा सिडियोलाई प्रवेशगर्न नदिनुपर्ने माग राखेपछि उनी मतगणनामा सहभागी नहुने भएका हुन् । […]
गृह मन्त्रालयले दोलखा र पर्वमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा सह–सचिव भोजराज खतिवडालाई सरुवा गरिएको छ । पर्वतमा सहसचिव नारायणप्रसाद सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । पर्वतमा देवी पाण्डे खत्री कार्यरत थिइन् । दोलखामा कार्यरत प्रजिअ टेकराज निरौलाले अवकास पाएसँगै त्यहाँ प्रजिअ पद खाली थियो ।
काठमाडौँ, ८ माघ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीलाई कोराना संक्रमण भएको छ। जिल्ला अस्पताल जोमसोममा एक साता अघि एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिडिओ शर्मा र प्रहरी नायव उपरीक्षक दानीलाई कोरोना सक्रमण पुष्टि भएको जनाइएको छ । मुस्ताङमा उच्चपदस्थ व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको […]
काठमाडौंः गृह मन्त्रालयले १६ जना उपसचिव र सहसचिवको काज सरुवा गरेको छ।
गृहमन्त्री स्तरको निर्णय अनुसार देशका विभिन्न १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। भोजपुर, कास्की, लमजुङ, सप्तरी, तेह्रथुम, रसुवा, म्याग्दी लगायत १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन।
भोजपुरमा सहसचिव कमलराज ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको…
काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । उनलाई गृहमन्त्रालयमा ल्याइएको र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई काठमाडौँको प्रजिअका रूपमा पठाइएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । आजको गृहमन्त्रीस्तरीय निर्णयले सरुवा गरिएको हो । पराजुली गएको मङ्सिरमा काठमाडौँ प्रशासन प्रमुख भएर आएका थिए ।