गृह मन्त्रालयले दोलखा र पर्वमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा सह–सचिव भोजराज खतिवडालाई सरुवा गरिएको छ । पर्वतमा सहसचिव नारायणप्रसाद सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । पर्वतमा देवी पाण्डे खत्री कार्यरत थिइन् । दोलखामा कार्यरत प्रजिअ टेकराज निरौलाले अवकास पाएसँगै त्यहाँ प्रजिअ पद खाली थियो ।