पाेखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० कराेड रुपैयाँको बजेट ल्याएको छ ।
बुधबार प्रदेशसभा सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले उक्त रकम बराबरको बजेट पेस गरेका हुन् । कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ...