नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, बढ्यो कारोबार रकम

२२ चैत, काठमाडौं । सेयर बजार नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से २५.७१ अंकले वृद्धि भई २६५७.६१ विन्दुमा पुगेर रोकियो । आइतबार नेप्से परिसूचक वृद्धि हुँदा बैंक, विकास बैंक, …

सम्बन्धित सामग्री

कारोबार र पुँजीकरण अहिलेसम्मकै उच्च

सेयर बजारमा उच्च विन्दुको रेकर्ड बन्ने क्रमले निरन्तरता पाएको छ । आइतबार खुलेको बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेन । कारोबार रकम र बजार पुँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । आइतबार ९४ अङ्कले उकालो लागेको बजारमा कारोबार रकमले २६ अर्ब रुपियाँ पछ्याएको छ भने कुल बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ । उकालो क्रममा लागेको सेयर बजारले साढे २८ सयको विन्दु पार गरेको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे २५ अर्बमाथि लागेको छ ।