काठमाण्डौ – भिजिट भिसामा खाडी तथा मलेसिया लगायतका देश जानेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरी अनलाइनबाटै पूर्व अनुमति लिनु पर्ने व्यवस्था हुन सिफारिस गरिएको छ ।
भिजिट भिसाले निम्त्याएको समस्या समाधानका लागि सरकारले गठन गरेको कार्यदलले भिजिट भिसामा जान कम्तीमा १० लाख रुपैयाँ वार्षिक आय हुनु पर्ने र खाडी र मलेसिया जानेले भने आफ्नो आय लगायत सरकारले तोकेको मापदण्ड पूरा गरी आवश्यक कागजात अपलोड गरेर विमानस्थल जानु पूर्व अनुमति पाउने वा नपाउने जानकारी अनलाइन प्रणालीबाटै हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सरक...