बेल्जियम : राजा सवार कारमा दंगाबाजहरूले गरे आक्रमण

बेल्जियमको राजधानी ब्रसेल्समा त्यहाँका राजा चढेको कारमा दंगाबाजहरूले बुधवार आक्रमण गरेका छन् ।  काला जातिका एक पुरुषको प्रहरी हिरासतमा मृत्यु भएपछि दंगा भड्किएको हो । ती पुरुषलाई कोरोनाभाइरस नियम तोडेकोमा पक्राउ गरिएको थियो ।  राजा फिलिप्पे आफ्नो सरकारी निवास प्यालेस अफ लाएकेन जाँदै गर्दा उनको बीएमडब्ल्यू कारमा प्रोजेक्टाइल प्रहार गरिएको थियो । त्यसपछि राजाका सुरक्षाकर्मीहरूले सुरक्षा दिएर गाडीलाई बेस्सरी कुदाएका थिए ।  पाँच सयभन्दा बढी विरोधकर्ताहरू २३ वर्षीय युवक इब्राहिम ब्यारीको मृत्युपछि ब्ल्याक...

सम्बन्धित सामग्री

फुटबलको अर्थतन्त्र

फुटबल खेलको सबैभन्दा प्रारम्भिक वैज्ञानिक प्रमाण चीनमा २०६ ईसा पूर्वदेखि २२० ईस्वीसम्मको सैन्य म्यानुअलबाट गरिएको अभ्यास थियो । त्यस समयमा यसलाई ‘टुसु चु’ भनिन्थ्यो । यो प्वाँख र कपालले भरिएको ३० देखि ४० सेन्टिमीटर व्यासको छालाको बल थियो । जापानमा ५००–६०० वर्षपछि ‘केमारी’ भनिने खेल ‘टुसु चु’पछि कोरियामा ‘चुक–गुक’ र अस्ट्रेलियामा ‘वोगाबालिरी’ जस्ता नामबाट प्रसिद्धि पाउँदै गयो । ग्रीक एपिस्क्य्रोस र रोमन हर्पस्टुम् ‘एक सानो बलसँग सीमारेखा र केन्द्ररेखाद्वारा चिह्नित आयताकार क्षेत्रमा दुई टोलीद्वारा खेलिएको थियो । फुटबल अर्थात् सकरले १३१४ को प्रारम्भमा यूरोपमा लोकप्रियता बढायो । यद्यपि, तत्कालीन अधिकारीहरूले १३६५ मा अराजक वातावरण सृजना गरेकाले शहर वरपरको खेलकुदलाई निषेध गरेर एक घोषणा जारी गरे । इङल्यान्डका राजा एडवर्ड द्वितीयले खेललाई कानूनद्वारा दण्डनीय घोषित गरे । यसले सिपाहीहरूलाई उनीहरूको आवश्यक सैन्य अनुशासनहरूमा ध्यान केन्द्रित गर्न विचलित गर्‍यो । प्रतिबन्ध लगभग ५०० वर्षसम्म चल्यो । फुटबलका नियमहरू १८६३ मा पेश गरिएको थियो । यसै बेला फुटबलको आकार र वजन मानकीकृत भयो । त्यही वर्ष अक्टोबर २६, १८६३ फुटबल संघ इङल्यान्डमा स्थापना भएको थियो । र, आधुनिक फुटबलको इतिहास शुरू भयो । पहिलो आधिकारिक अन्तरराष्ट्रिय खेल १८७२ मा स्कटल्यान्ड र इङल्यान्डबीच ग्लास्गोमा भएको थियो । फिफाको स्थापना सन् १९०४ मा पेरिसमा भएको थियो । त्यसका सात संस्थापक सदस्य थिए : फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, स्पेन, स्वीडेन र स्वीजरल्यान्ड । पहिलो विश्वकप सन् १९३० मा ४१ टोलीसहित भएको थियो । हाल विश्वभर फिफाका २११ सदस्य छन् । २०१८ सम्म फिफा वल्र्ड कपले ८८ वर्ष पार गरिसकेको छ । पहिलो विश्वकप क्वालिफिकसनविना भएको थियो र प्रतियोगिता शुरू हुनुभन्दा २ महीनाअघि यूरोपबाट कुनै पनि टोली औपचारिक रूपमा प्रवेश गरेको थिएन । फिफाका अध्यक्ष जुल्स रिमेटले हस्तक्षेप गरे र चारओटा यूरोपेली टोलीले समुद्री यात्रा गरे । २०१८ फिफा पछिल्लो विश्वकप हो, जुन रूसमा आयोजना भएको थियो । यो अहिलेसम्मको सबैभन्दा महँगो विश्वकप थियो । प्रतियोगिता चरणमा ३२ टोली सहभागी थिए, जसमध्ये ३१ छनोट प्रतियोगिताबाट आएका थिए भने आयोजक राष्ट्र रूस स्वत: छनोट भएको थियो । अन्तरराष्ट्रिय राजनीतिको प्रतिबिम्ब पास्कल बोनिफेस लेख्छन्, ‘आजकल, फुटबल अन्तरराष्ट्रिय सम्बन्धको एक मान्य घटक हो जुन अब राज्यहरू बीचको शुद्ध कूटनीतिक सम्बन्धमा सीमित हुन सक्दैन । अहिलेको कूटनीतिक सम्बन्धको त्यस्तो कुनै पक्ष छैन जुन फुटबलमा पनि लागू गर्न सकिँदैन । यसलाई दिमागमा राखेर हामी फुटबलको भूराजनीतिका बारेमा कुरा गर्न सक्छौं र फुटबलले कसरी विश्वलाई जितेको छ भनेर अध्ययन गर्न सक्छौं ।’ इङल्यान्डमा शुरू भएको यो विभिन्न बन्दरगाहमार्फत खेलिने खेलका रूपमा थियो । अरू यूरोपेली मुलुकमा यसलाई खाली समयमा खेल्न थालियो । उन्नाइसौं शताब्दीको मध्यमा विभिन्न सञ्जालको विबस्तारसँगै इङल्यान्डमा यो व्यापक रूपमा फैलियो र सार्वजनिक विद्यालयहरूबीच प्रतियोगिताहरू हुन थाले । फुटबलले यूरोप र ल्याटिन अमेरिकामा प्रवेश जारी राख्यो । टेलिभिजनको अविष्कारसँगै यसको प्रसिद्धिले कुनै महादेशलाई टाढा राख्न सकेन । बीसौं शताब्दीको उत्तराद्र्धमा फुटबल एउटै महाशक्तिद्वारा शासित संसार बन्यो– ब्राजिल । फाइनलमा सबैले भेट्न चाहेको देश ब्राजिल हुने गथ्र्यो किनभने यो आफ्नै टोलीपछि हरेक फुटबल फ्यानको मन पर्ने देश थियो र आजपर्यन्त पनि उसको प्रभाव उस्तै छ । फुटबलको महाशक्ति ब्राजिल फुटबल खेलाडीहरूको एक महान् निर्यातक हो । लोकतन्त्र, समानता, ग्लोबलाइजेशन भन्दा पनि फुटबलको विश्वव्यापीकरण ज्यादा छ, जसले कुनै सीमारेखालाई मान्दैन । यसैबीच, खेलकुदले भूराजनीतिक विशेषताहरूसँग अन्तरक्रिया गरेको पाइन्छ आधुनिक युगमा मात्र होइन, पूर्व–आधुनिक युगमा पनि । क्षेत्रीय र विश्वव्यापी स्तरमा खेलकुद र राजनीतिको अन्तरक्रियासम्बन्धी उदाहरणहरू निम्नानुसार छन् : १९३६ मा बर्लिन ओलम्पिक प्रतियोगिताबाट नाजीहरूको राजनीतिक निकासी, मोस्को १९८० को ओलम्पिक खेलमा चीन र अमेरिकाको पिङ–पिङ कूटनीति, १९८९ मा कुवेतमा मित्रता कपमा इराकको फुटबल टोलीको उपस्थिति आदि । यस्ता कैयौ कूटनीतिक सम्बन्धलाई जीवन्त राख्न र भ्रातृत्वको भावनाको विकास गर्न खेलकुद त्यसमा पनि फुटबल र ओलम्पिक खेलहरूले ठूलो भूमिका खेलेको कुरा इतिहासमा कोरिएको छ । अर्थतन्त्रमा फुटबलको भूमिका धेरै देशले बलियो जातीय, भाषिक वा क्षेत्रीय विच्छेदहरू देखाउँछन्, जसले तनाव र प्रत्यक्ष हिंसा पनि निम्त्याउन सक्छ । यसले आर्थिक विकासका लागि स्पष्ट रूपमा हानिकारक परिणामहरू निम्त्याउँछ (एअस्टेर्ली अन्ड लेवीने १९९९) । त्यस्ता विभेद हटाउन र कार्यात्मक आधुनिक राज्यलाई सुदृढ गर्न धेरै देशले तथाकथित राष्ट्र निर्माण नीतिहरू अपनाएका हुन्छन् जसमा नागरिकहरूले आफूलाई आफ्नो विशिष्ट समूहको सट्टा समग्र राष्ट्रको अंशका रूपमा हेरेर साझा पहिचान निर्माण गरेका हुन्छन् । तैपनि राष्ट्र निर्माणका केही औजारलाई राज्यको पर्याप्त क्षमता चाहिन्छ, जस्तै सामूहिक विद्यालय वा ठूलो पूर्वाधार लगानी । यसले पहिलो स्थानमा राम्रोसँग काम गर्ने राज्य नभएका देशहरूमा चुनौती खडा गर्छ । अन्य ‘नरम’, विशुद्ध प्रतीकात्मक औजारहरू, जस्तै राष्ट्रिय झण्डा वा गानले ‘सामान्य राष्ट्रवाद’ (बिलिग १९९५) लाई प्रतिनिधित्व गर्छ जुन पर्याप्त रूपमा बलियो पूर्व–अवस्थित राष्ट्रिय पहिचानको अभावमा प्रभावकारी हुन सक्दैन । यी चरम सीमाहरूका बीचमा एक देशका नागरिकले उनीहरूबीच सामूहिक रूपमा बाँडफाँट गरेको अनुभवहरू छन् । उदाहरणका लागि प्रमुख राष्ट्रिय घटना र परिघटनाहरू वा मितिहरू। राष्ट्रहरू मौलिक रूपमा ‘कल्पना गरिएका समुदायहरू’ हुन् (एन्डरसन १९८३), ), र उच्च प्रतीकात्मक र भावनात्मक रूपमा चार्ज गरिएका अनुभवहरूले नागरिकहरूको दिमागमा राष्ट्रिय समुदायको छविलाई अझ जीवन्त बनाउन मद्दत गर्न सक्छ । राष्ट्र, राष्ट्रियता र कुनै पनि मुलुकका जातजातिका माझमा राष्ट्रियतालाई बाँधेर राख्न खेलको ठूलो महत्त्व हुने गरेको छ र यसले राष्ट्रको आर्थिक पाटोलाई पनि ठूलो टेवा दिएको हुन्छ । लेखक विभिन्न कलेजमा अर्थशास्त्र अध्यापन गर्छन् ।

बेल्जियम राजकुमारी एस्त्रिद नेपाल आउँदै, यस्तो छ भ्रमण योजना

काठमाडौं : बेल्जियमकी राजकुमारी एस्त्रिद आज नेपाल आउँदै छिन्। बेल्जियमका राजा फिलिपकी बहिनी एक साता लामो भ्रमणका लागि नेपाल आउन लागेकी हुन्। उनी माघ ११ सम्म नेपालमै रहनेछिन्। भ्रमणका क्रममा एस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विशेष भेट गर्नेछिन्। त्यस्तै उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग

बडामहारानीलाई हृदयाघात

बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयाघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन्।  गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ। ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको स्वास्थ्यस्थिति बारे जानकारी दिने तयारी गरेको बताइएको छ।  ...

बेल्जियमकी बडामहारानी पाउला भेनिस भ्रमणका क्रममा हृदयघात

ब्रसेल्स । बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् ।    गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ ...