सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णालीमा लागूऔषधविरुद्ध लालटिन अभियानको सुरु भएको छ । ‘सुरक्षित कर्णाली विशेष अभियान २०८०’ नाराका साथ उक्त अभियानको सुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका हुन् । बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालय, वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा सो […]