उदयपुरका स्थानीय तहद्धारा नीति कार्यक्रम प्रस्तुत

उदयपुर- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै उदयपुरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७। ०७८ कोे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बुधवार भएको पाँचौ नगरसभामा जिल्लाका वेलका, त्रियुगा र चौदण्डीगढी नगरपालिकाका साथै लिम्चुङ्बुङ र रौतामाई गाउँपालिकाले आगामि वर्षको बजेटमा कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राखेका हुन् । सदरमुकामस्थित ंत्रियुगा नगरपालिकामा आर्थिक वर्ष २०७७ । ०७८ को लागि “स्वास्थ्य शिक्षित हाम्रो शहर, समुन्नत समावेशी समृद्व त्रियुगा नगर” भन्ने नयाँ नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख बलदेव चौधरीले आव २०७७। ०७८ का लागि १ अर्व २ करोड ७ लाख ९६ हजार रुपैयाँको बजेट प्रश्तुत गरे । “चालु यो आवको लागि २ करोड,४९ लाख ७६ हजारले बजेट बढेको छ” नगरप्रमुख चौधरीेले भने, “चालु आ ब मा ९९ करोड ५८ लाख २० हजार रुपैयाँको बजेट थियो ।” चालु तर्फ ६१ करोड ८ लाख ९२ हजार र पुँजीगत खर्च तर्फ २५ करोड १४ लाख २८ हजार रुपैयाँकोे बजेट विनियोजन गरेको उनले बताए । चालुमा करिव २६ प्रतिशत र पुजीगत तर्फ ७४ प्रतिशत बजेट बिनियोजन गरिएको उनको भनाई छ । वेलका नगरपालिकाले ६७ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख दुर्गाकुमार थापाले “उत्पादनको दोश्रो वर्ष, कोरोना बिरुध्दको स्वास्थ्य संघर्ष ” भन्ने नयाँ नीति तथा कार्यक्रमसहितको सो बजेट प्रस्तुत गरेका हुन् । उनले कोरोना बिरुध्दको संघर्षका लागि नीति तथा कार्यक्रम प्रश्तुत गरेको बताए । “ कोरोना नियन्त्रणको प्रभावकारी कार्ययोजना निर्माण र कार्यान्वयन,कृषि उपजको उचित मूल्याङ्कन गरी किसान लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ” उनले भने, “सवै वडाको जग्गा नापी गर्ने योजना, रोजगार अभिवृद्धि कोष स्थापना र सञ्चालन र सवै वडा कार्यालयको भवन निमाृण लगायतका कार्यक्रमहरु समेटिएको छ ।” चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले आगामी आर्थिक वर्ष २०७७ । ०७८ का लागि ६७ करोडको बजेट प्रश्तुत गरे । उनले कृषि, शिक्षा, स्वास्थ्य र सडक निर्माणलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको बताए ।“ बेल्टारमा कोरोना अस्पताल निर्माणका लागि तत्काल ५० लाख निकासा गर्ने गरी नीति तथा कार्यक्रम प्रश्तुत गरेका छौं ।” उनले भने । रौतामाई गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर खड्काले आगामी आर्थिक वर्ष २०७७ । ०७८ लागि ४६ करोड ९७ लाखको बजेट तथा कार्यक्रम प्रश्तुत गरे । “ कोरोना नियन्त्रण,कृषि तथा पशुपालन र वैदेशिक रोजगारबाट फकिएका युवाहरुका लागि रोजगार प्रवर्धन कार्याक्रमलाई प्राथमिकतामा राखेका छौं ।” उनले भने । लिम्चुङ्बुङ् गाउँपालिकाका प्रमुख मेजरकुमार राईले २० करोड ६२ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन् । कोरोना नियन्त्रण कोष सञ्चालनमा १ करोड, चालु खर्चमा ५ करोड तथा कोसी करिडोर सडक निर्माण लगायत अन्य पूर्वाधार निर्माणमा १५ करोड रुपैयाँ बिनियोजन गरिएको उनले बताए । कटारी नगरपालिकाले भने नगरप्रमुख अस्वस्थ भएकोले बुधवार नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन । कटारीले एक सातापछि मात्र कार्यक्रम प्रश्तुत गर्ने जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

बुद्धभुमीको नीति कार्यक्रम सार्वजनिक

शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।...

घोराहीको नीति कार्यक्रम : ३ वर्षभित्र खरको छाना मुक्त नगर घोषणा गर्ने

६ असार, दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा लागि नीति कार्यक्रम ल्याएको छ। नगर प्रमुख नरुलाल चौधरीले नगरको १३ औ अधिवेनमा नीति कार्यक्रम प्रस्तुत गरेका हुन्। घोराहीले अधिकांश पुरानै कार्यक्रमलाइ निरन्तरता दिएको छ। कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न मल बिउ तथा उन्नत बिउ (धान, गहु, मकै, तोरी, मसुरो, प्याज र […]

गण्डकीः प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन्।गणतन्त्र दिबसको अवसरमा सोमवार गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘यो सुन्दर ब्यवस्थालाई ...

सूूर्याेदयको नीति कार्यक्रम पारित

आउँदो आर्थिक वर्ष २०८०-०८१ का लागि सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। तेह्रौं नगरसभाको दोस्रो बैठकले वैशाख ८ को बैठकमा प्रस्तावित नीति–कार्यक्रम संशोधनसहित पारित गरेको हो।...

नीति कार्यक्रम र सरकारको प्रभावकारिताका विषयमा छलफल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज भएको भेटवार्तामा उहाँहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले […]

नीति कार्यक्रम र सरकारको प्रभावकारिताका विषयमा छलफल

काठमाडौँ,१३ पुष । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज भएको भेटवार्तामा उनिहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश […]

भरतपुर महानगरको नीति–कार्यक्रम तथा बजेट पारित

भरतपुर महानगरपालिकाको नगर सभा तथा ११औँ अधिवेशन नीति–कार्यक्रम एवम् बजेट पारित गर्दै सकिएको छ। नगरप्रमुख रेनु दाहालले प्रस्तुत गरेको ३ सय ३३ बुँदे नीति तथा कार्यक्रम पारित गर्दै सकिएको हो।...

उदयपुरका ४ पालिकाको नीति कार्यक्रम र बजेट पारित

स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम असार १० गतेभित्र नीति कार्यक्रम प्रस्तुत गरिसक्नु पर्ने प्रावधान अनुसार तोकिएकै मितिमा जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकोमा ४ गाउँपालिकाको पारित भएको हो।...

महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त छ : मेयर शाक्य

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेकाे बताउनुभएकाे छ । आज बुधवार मेयर शाक्यले काठमाण्डाै महानगरपालिकाकाे माइतीघरमा रहेकाे आकाशे पुलको उद्घाटन उहाँले यस्ताे बताउनुभएकाे हाे । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेकाे तर सडकका पेटी सानो भएका कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘ महानगरसँग नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटी साँघु...

प्रदेश २ र सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पनि पारित

काठमाडौं : प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पनि पारित भएको छ। आज बसेका प्रदेश सभाका छुट्टाछुट्टै बैठकमार्फत अबेर गरी आगामि आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम पारित गरिएको हो। सुदुरपश्चिम प्रदेशको नीति कार्यक्रम बहुमतले र प्रदेश नम्बर २ को नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। यसअघि आजै प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशको नीति कार्यक्रम पनि बहुमतले पारित भएको थियो। कर्णाली प्रदेशमा भने नीति कार्यक्रममाथिको छलफल नसकिएपछि