जनकपुरधाम : धनुषामा दाजुभाइबीच विवाद हुँदा गोली चलेको छ। धनुषाको नगराइन नगरपालिका वडा-८ स्थित अकौराका जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा गोली चलेको प्रहरीले जानकारी दिएको छ।
दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
७१ वर्षीय जामुनको दाहिने हातको पाखुरामा गोली लागेको र अहिले उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ। यता, घटनास्थलबाट...