सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच तीनबुँदे सहमति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार भएको वार्तामा सरकार र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबीच तीनबुँदे सहमति भएको हो ।

सम्बन्धित सामग्री

सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरुबीच ८ बुँदे सहमति

काठमाडौं, ८ चैत्र । सरकारले आन्दोलनरत सहकारी बचतकर्ताहरुसँग ८ बुँदे सहमति गरेको छ । आज (बिहीबार) सिंहदरबारस्थित् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा एक कार्यक्रमकाबीच उक्त ८ बुँदे सहमति भएको हो । बचतकर्ताहरुको आन्दोलनको नेतृत्व भने पूर्व आईजिपी सर्वेन्द्र खनालले गरिरहेका छन् । मन्त्री बलराम अधिकारी र पूर्व आईजिपी खनालको उपस्थितिमा उक्त सहमति भएको […]

सरकार र राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दाेलन फिर्ता

काठमाण्डाै – सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । आज शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो ।यसअघि सरकार र शिक्षक महासङ्घबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकहरूको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राखेका थिए । आन्दोलन...

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग सिंहदरबारमा भएको वार्तापश्चात सहमति भएको हो । सहमतिबमोजिम प्रतिनिधिसभामा दर्ता भएको विद्यालय …

नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच सहमति

नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्थाहरुमा संविधानसँग नबाझिने गरी महासङ्घका मागलाई अधिकतम् सम्बोधन गराउन सरकारले […]

सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिप्रति राहत शिक्षकहरू असन्तुष्ट

काठमाडौँ- सरकार र शिक्षासम्बन्धी विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच भएको सहमतिप्रति राहत शिक्षकहरू असन्तुष्ट भएका छन् । गृह मन्त्रालयमा सरकार र शिक्षकहरुबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु असन्तुष्ट बनेका हुन् । वार्ताका क्रममा सरकार र शिक्षकहरुबीच ७ बुँदे सहमति भएको थियो । यद्यपि राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको राहत शिक्षकहरुको भनाइ छ ।

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ । सात बुँदे सहमति गरेको हो । देशभरका शिक्षकहरु बुधबारदेखि राजधानीमा आन्दोलन गर्दै आएका थिए ।

सरकार र प्रा.डा. केसीबिच १० बुँदे सहमति, अनशन अन्त्य

काठमाडौँ । सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलनरत प्रा.डा. गोविन्द केसीबिच १० बुँदे सहमति भएको छ । हिजो साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र प्रा.डा. केसीबिच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार आजैदेखि नै प्रा.डा. केसीले अनशन अन्त्य गरेका छन् […]

सरकार र नेपालगञ्जका आन्दोलनरत पक्षबीच सहमति

२० पुस, काठमाडौं । नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय माग्दै माइतीघरमा धर्नामा बसेकाहरु र सरकारबीच सहमति जुटेको छ । गृह मन्त्रालयमा मंगलबार भएको वार्तामा सहमति जुटेको महिला अधिकारकर्मी रुबी खानले अनलाइनखबरलाई बताइन् । गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाका अनुसार आन्दोलनरत पक्षसँग चार बुँदे सहमति भएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दिएको […]

सरकार र बिपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं :  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्दै ६ बुँदे सहमति गरेको हो। सरकारी टोलीका तर्फबाट  डाक्टर पौडेलसहित सदस्यहरू मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्

भारतमा सरकार र आन्दोलनरत किसानबीचको वार्ता निश्कर्षविहिन

एजेन्सी । भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ ।  आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउँसो २ बजे गर्ने सहमति भएको छ ।  सोमबार बिहान सुरु भएको वार्तामा दुवै पक्षले आ–आफ्नो अडान नत्यागेको र सहमति हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।  वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषि सम्वन्धी तीनओटै कानुन तत्काल फिर्ता लिनुपर्ने माग राखेका थिए ।व