काठमाडौं : सरकारले विदेशबाट ६० लाख मात्रा फाइजर खोप आउनासाथ देशभरका विद्यार्थीलाई कोभिड-१९ विरुद्ध खोप लगाउने योजना बनाएको छ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार खोप आएपछि विद्यार्थीलाई लगाइहाल्ने जानकारी पत्रकार सम्मेलनमा दिएका हुन्।उनले पहिलो एजेन्डा नै विद्यार्थीलाई खोप लगाएर सुरक्षित राख्ने रहेको बताए। उनका अनुसार खोप ५ वर्षमाथिका विद्यार्थीलाई लगाइने छ।‘अमेरिकी सरकारसँग भएको सम्झौताअनुरूप ६० लाख फाइजर खोप नेपालमा छिट्टै आउँदै छ, आउनेबित्तिकै विद्यार्थ