खोप ल्याउन चीन, रूस र अमेरिकासँग कूटनीतिक पहल तीव्र

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ। भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहल अघि बढाइएको हो। ‘थप खोप ल्याउन उच्चस्तरीय संयन्त्रबाट कुराकानी भइरहेको छ’, स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘कहिले आइपुग्छ, अहिले यकिनका साथ भन्न सक्ने अवस्था छैन। ’ स्वास्थ्य मन्त्रालयमार्फत खोप खरिदका लागि छनोट गरिएको मुलुकमा रहेका ...

सम्बन्धित सामग्री