कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १९० रुपैयाँ र केरा दर्जनको १८० रुपैयाँ तोकिएको छ । स्थानीय काउली ११० रुपैयाँ, कागती २७५ रुपैयाँ, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।