पाँचथर, फिदिम नगरपालिका–९ लुम्फाबुङका इन्द्रबहादुर लावतीले २५ किलोको चामलको बोरा उचाल्दै सोध्नुभयो, “यो ककसले दिएका रे रु” वितरण गर्न गएकाहरुले बुझाए, “हाम्रै क्षेत्रबाट निर्वाचित प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र उहाँकी श्रीमती कुमारी लावतीले ।” उहाँ मुस्कुराउनुभयो । आफू र छोराले काम नपाइरहेका बेला महिना दिन पुग्ने चामलको जोहो भएकामा ‘हल्दार’मा खुशी त थियो नै, त्यसभन्दा बढी आफू आर्थिक रुपले पीडित भए पनि कसैले नहेरेको तर मन्त्रीले चामल पठाइदिएको भनेर दङ्ग हुनुभयो । “घर जल्यो । अन्न फल्न छाड्यो”, आफ्नो पीडामा खुशी भर्दै लावतीले भन्नुभयो, “कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे १ चेलीले सम्झिइन् ।”