निकुञ्जको लापरवाहीले मासिए अर्ना, घडियाल पनि जोखिममा

६ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको लापर्वाहीका कारण वंश विस्तारका लागि ल्याइएका अर्ना चितवनमा मासिए । अर्ना मात्रै मासिएनन् विश्वकै दुर्लभ मानिने घडियाल कोहीको प्रजनन् केन्द्र कसरामा नै बाघ पसेर ४ गोही मार्यो । यी दुबै ठाउँका इन्क्लोजरको समयमा नै मर्मत सम्भार नगर्दा बाघ पसेर क्षति गर्यो । यसबाट निकुञ्जका अधिकारीहरुको गम्भीर हेलचेक्राइँ […]

सम्बन्धित सामग्री

४० वर्षपछि शुक्लाफाँटामा घडियाल

चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल आज एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधरी नदीमा छाडिएको हो।...

चार दशकपछि शुक्लाफाँटामा घडियाल?

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको नदीमा छाडिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् १९९० अघि चौधर नदीमा घडियाल रहे पनि त्यसपछि लोप भएका बताए। सङ्कटापन अवस्थामा रहेको घडियाल गोहीको वैकल्पिक बासस्थानका रुपमा पहिचान भएकाले चितवनबाट यहाँ ल्याएर पहिलो चरणमा पुनःस्थापन ग

घडियाल गोही संरक्षण गर्न काव्य उत्सव

सङ्कटापन्न अवस्थमा रहेको घडियाल गोही संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ‘घडियाल काव्य उत्सव’ आयोजना गर्न लागिएको छ । देवचुली नगरपालिकामा रहेको रेडियो ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गरेको हो । स्वच्छ पानीमा विचरण गर्न रुचाउने घडियाल गोही जल प्रदूषणसँगै सङ्कटमा पर्न थालेपछि संरक्षणको सन्देश दिन घडियाल काव्य उत्सव गर्न लागिएको हो । घडियाल …

के नेपालको घडियाल पाकिस्तान पुगेको हो?

वेदबहादुर खड्का- सन् १९७० देखि पाकिस्तानमा घडियाल लोप भएको भनिएकोमा हालसालै सतलज नदीमा पुनः घडियाल गोही भेटिएको छ। १४ मे २०२३ मा सतलज नदीमा घडियाल गोही फेला परेको हो। ५३ वर्षपछि सतलजमा घडियाल गोही देखेर त्यहाँका अनुसन्धानकर्ता चकित पारेका छन्। समाचार अपत्यारिलो लागे पनि सामाजिक सञ्जालमा फोटो/भिडियो देखेपछि नपत्याउने कुरै…

प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही

नवलपुर, १९ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन् । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको छ । यस वर्ष […]

दुर्लभ घडियाल संरक्षणका लागि घडियाल उत्सव

काठमाडौँ,१२ भदौ । दुर्लभ घडियाल गोही संरक्षणका लागि कैलालीको टीकापुर–७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना गरिएको छ । दुर्लभ घडियाल गोहीको संरक्षणसम्बन्धी सचेतना फैलाउन, स्थानीय बासिन्दा र स्थानीय सरकारलाई जिम्मेवार बनाउन उत्सव आयोजना गरिएको हो । टीकापुर नगर प्रमुख रामलाल डगौरा थारूले महोत्सवको शुभारम्भ गर्दै डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिकाबाट सक्दो सहयोग […]

भाले नहुँदा घडियाल सङ्कटमा

घडियाल गोहीको सङ्ख्या बढाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गोही समस्या भएको छ । दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले सङ्ख्या वृद्धिमा पनि असर गरेकोे विज्ञहरूको निष्कर्ष छ ।घडियालविज्ञ वेदबहादुर खड्का घडियाल भालेको जन्म नै दुर्लभ हुने बताउँछन् । “घडियाल भालेको जन्म नै दुर्लभ छ,” उनले भने, “पोथीको तुलनामा भाले कम जन्मँदा भालेको अभाव हुने गर्छ ।” भाले नभएकै कारण गोहीका अन्डा नै बतासे (बच्चा जन्माउन नसक्ने) हुने गरेको पनि उहाँले जनाउनुभयो ।“भाले नलागेक

भाले नहुँदा सङ्कटमा घडियाल

घडियाल गोहीको सङ्ख्या बढाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गोही समस्या भएको छ । दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले सङ्ख्या वृद्धिमा पनि असर गरेकोे विज्ञहरूको निष्कर्ष छ । घडियालविज्ञ वेदबहादुर खड्का घडियाल भालेको जन्म नै दुर्लभ हुने बताउँछन् । “घडियाल भालेको जन्म नै दुर्लभ छ,” उनले भन्नुभयो, “पोथीको तुलनामा भाले कम जन्मँदा भालेको अभाव हुने गर्छ ।” भाले नभएकै कारण गोहीका अन्डा नै बतासे (बच्चा जन्माउन नसक्ने) हुने गरेको पनि उनले जनाए। “भाले नलागेका अन्डा बतासे हुन्छन्...

पन्ध्र सय घडियाल गोही नदीमा छोडियो

सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोही घट्दै गएपछि विसं २०३५ मा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो । घडियाल गोहीलाई बगेको सफा पानी तथा …

घडियाल गोहीले किन संरक्षण खोजिरहेका छन् ?

विश्वमा पाइने २४ प्रजातिका गोहीमध्ये नेपालमा घडियाल र मगर गरी दुई प्रकारका गोही पाइन्छन् । घडियालको थुतुनो लामो हुन्छ भने मगरको छोटो र थेप्चो हुन्छ । घडियाल सफा र निरन्तर...