सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोही घट्दै गएपछि विसं २०३५ मा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो । घडियाल गोहीलाई बगेको सफा पानी तथा …